logo
२०८० चैत्र १६ शुक्रवार

पर्यटकको नयाँ गन्तव्य बन्दै झुलेनी  (फोटो फिचर)

फिचर |
पर्यटन |
फोटो फिचर |


2020-11-23-26962


सलिम मियाँ

बिजुवार, मंसिर ८ गते । प्यूठान नगरपालिका ६ माझकोटस्थित झुलेनी क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । झुलेनीमा पदमार्ग तथा भौतिक पूर्वाधारको विकाससँगै पर्यटकको चाप बढेको हो । घना वनजङ्गलबीच अग्लो चुचुरोमा अवस्थित झुलेनी डाडाँबाट हिमश्रृङखलाका साथै प्यूठान उपत्यकासहित नौबहिनी गाउँपालिका क्षेत्रलाई हेर्न सकिन्छ ।

आँखै अगाडि देखिने अन्नपूर्ण, धौलागिरी, मनास्लुलगायतका झण्डै दर्जन हिमश्रृङखलाको मज्जा लुटन सकिने हुँदा सार्वजनिक बिदा तथा फुर्सदको समय कटाउन र फिकनिक खान झुलेनी जानेहरू बढेका छन् । ‘अहिले दिनहुँ पर्यटक आउन थालेका छन’ स्थानीय धनेश्वर भण्डारीले भन्नुभयो–‘ झुलेनी फिर्नेहरुलाई यो नै स्वर्ग जस्तो लाग्छ ।’ झुलेनीलगायत त्यस वरपरका पर्यटकीय गन्तव्यलाई विकास गर्नुपर्ने उहाको भनाई छ। स्थानीय बूढापाकाका अनुसार देशभर रहेका धनञ्जय गोत्रीय भण्डारीको उत्पत्ति यहींबाट भएको हो ।

प्यूठान नगरपालिकास्थित धर्मावतीको खप्रेङखोला–खलीगाउँ, आरूगैरा हुँदै झुलेनीसम्म गाडी मै चढेर पुग्न सकिन्छ । झुलेनी संरक्षण समिति अध्यक्ष माधवराज भण्डारीले ७२ लाख रुपीयाँ खर्चेर झुलेनीमा पूर्वाधार निर्माण गरेको बताउनुभयो । ‘झुलेनी नयाँ पर्यटन गन्तव्य हो’ उहाँले भन्नुभयो– ‘पछिल्लो समयमा झुलेनी सोध्दै पर्यटकहरु आउने गरेकाले मत दंगै छु ।’

उहाँका अनुसार डिभिजन बन कार्यालय प्युठानबाट ४ लाख,नौबहिनी गाउपालिकाले ५ लाख,प्युठान नगरपालिकाले ७ लाख र उद्योग बन तथा पर्यटन मन्त्रालयबाट २० लाख सहयोगमा यहा थप भौतिक संरचना निर्माण भईरहेको छ। प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले नगरको पर्यटन गुरुयोजनामा झुलेनीलाई समेटिएको बताउनुभयो।