logo
२०८० चैत्र १६ शुक्रवार



बङ्गलादेशमा चार लाख ४५ हजार २८१ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण

अन्तर्राष्ट्रिय |


बङ्गलादेशमा चार लाख ४५ हजार २८१ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण
तस्विर-फाइल


ढाका, मंसिर ६ गते।
बङ्गलादेशमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख ४५ हजार २८१ पुगेको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । मुश्लिम बहुल यस मुलुकमा कोभिड–१९ सङ्क्रमित छ हजार ३५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
विगत २४ घण्टामा १२ हजार ६४३ व्यक्तिको शङ्काका आधारमा कोभिड–१९ परीक्षण गरिएकोमा एक हजार ८४७ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । शनिबार कोभिड–१९ सङ्क्रमित थप २८ जनाको मृत्यु भएकमो छ ।
बङ्गलादेशमा शनिबार सङ्क्रमणमुक्त भएका एक हजार ९२१ व्यक्तिसहित अहिलेसम्म तीन लाख ६० हजार ३५२ व्यक्ति निको भएका छन् ।
सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.४३ प्रतिशत रहेको छ भने अहिलेसम्म ८०.९३ प्रतिशत विरामी निको भई घर फर्किएका छन् ।

तथ्याङ्कमा एकै दिन सबैभन्दा बढी चार हजार १९ व्यक्ति जुलाई २ मा सङ्क्रमित भएका थिए भने एकै दिनमा सबैभन्दा बढी मृत्यु जुन ३० मा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?