logo
२०८१ बैशाख ७ शुक्रवार



आइओटा आँधीका कारण मध्य अमेरिकामा ३० भन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय |


आइओटा आँधीका कारण मध्य अमेरिकामा ३० भन्दा बढीको मृत्यु
तस्विर-गल्फ टुडे


सान साल्भाडोर, मंसिर ४ गते।
मध्य अमेरिकी क्षेत्रमा आएको आइओटा नामक आँधीका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार ३० पुगेको संयुक्त राज्य अमेरिकाको राष्ट्रिय आँधी व्यवस्थापन केन्द्रले जानकारी गराएको छ । गत सोमबार आएको ‘पाँचौँ श्रेणी’को विनासकारी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको निकारागुवा राज्य प्रशासनले बताएको छ ।
आँधीको विनासकारी प्रभाव बिहीबारसम्म रहने अमेरिकी मौसम विज्ञान कार्यालयले जानकारी गराएको छ । अमेरिकामा सन् २०२० कै सबैभन्दा ठूलो मानिएको अलसाल्भाडोर क्षेत्रमा आएको एटलान्टिक आँधी भने केही दिनदेखि शान्त बनेको बताइएको छ । अमेरिकी आँधी केन्द्रका अनुसार आइओटा विस्तारै शान्त हुने क्रम रहेको तर अन्त्यतिर जनजीवनलाई खतरामा पार्ने गरी मध्य अमेरिकी होन्डुरस, निकारागुवा र ग्वाटेमाला क्षेत्रका विभिन्न स्थानहरूमा पहिरो तथा बाढीको मुख्य असर परेको आँधीजन्य विपत् व्यवस्थापन केन्द्रले जनाएको हो ।
आइओटाका कारण निकारागुवामा दुई बालबालिकासहित सबैभन्दा बढी १८ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । आँधीका कारण होन्डुरसमा १४ व्यक्तिको मृत्यु भएकोमा पाँच जना एकै परिवारका रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?