logo
२०८१ बैशाख ७ शुक्रवार

नेवाः समुदायमा ‘म्ह पूजा’ सम्पन्न (फोटो फिचर)

समाज |
फोटो फिचर |


2020-11-17-26634
तस्बिर सुजन गुरूङ्ग 


गोरखापत्र अनलाइन
काठमाडौं मङ्सिर २ गते । नेवार समुदायले मनाउँदै आएको ‘म्ह पूजा’ अर्थात् आत्म पूजा गए राती सम्पन्न भएको छ । यो चाड स्वन्ति (तिहार) को चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइन्छ । यस दिन म्ह पूजाका साथै नयाँ वर्षको पनि सुरुवात हुन्छ । यो दिन आफ्नै शरीरलाई पूजा गरिन्छ । शरीर भन्नासाथ यसमा पञ्चतìवको संयोजन हुन्छ । पृथ्वी, जल, तेज, वायु र आकाश पञ्चतìव नै हाम्रो शरीरको अस्तित्व हो ।

यसरी पञ्चतìवको संयोजन भएको हाम्रो शरीरलाई बर्सेनि आइपर्ने विभिन्न बाधाहरू, आपतविपत, दुःख, सुख एवं विभिन्न रोग र घटनाबाट मुक्त भएर सफलतापूर्वक जीवन चलाउन अवसर मिलोस् भनेर आत्म पूजा अर्थात देह पूजा गरिँदै आएको छ । म्ह पूजा’बारे फोटोपत्रकार सुजन गुरुङ्गले कैद गर्नु भएको तस्बिरहरु ।