logo
२०८० चैत्र ६ मंगलवार



विश्वकै सवैभन्दा लामो समय प्रधानमन्त्री हुनुभएका खलिफाको निधन

अन्तर्राष्ट्रिय |


विश्वकै सवैभन्दा लामो समय प्रधानमन्त्री हुनुभएका खलिफाको निधन
तस्विर-प्रेसफ्रम


दुबइ
कात्तिक २७ गते। विश्वमै सवैभन्दा लामो समय प्रधानमन्त्री हुनुभएका बहराइनका प्रधानमन्त्री खलिफा बिन सल्मान अल खालिफाको निधन भएको छ । देशका राजकुमार समेत रहनु भएका उहाँको ८४ बर्षको उमेरमा बुधबार निधन भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकास्थित मायो क्लिनिकमा केही समयदेखि उपचार गराइरहनु भएका उहाँको उपचारकै क्रममा निधन भएको हो । सानो अरबी मुलुक बहराइनका शक्तिशाली र अत्यन्त धनी व्यक्तिका रुपमा चिनिनु भएका खलिफाको निजी टापू नै भएको र विदेशीहरुलाई उहाँले त्यही भेट्ने गर्नुहुन्थ्यो ।
बहराइनका राजा शेख हमाद बिन इसा अल खलिफाले उहाँको शोकमा एक हप्ते राष्ट्रिय शोक घोषणा गर्नुभएको छ । शोक अवधिमा राष्ट्रिय झण्डा आधा झुकाइने अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रधानमन्त्री खलिफा विश्वकै सबैभन्दा लामो कार्यकाल प्रधानमन्त्री भएका व्यक्तिका रुपमा चिनिनुहुन्छ । उहाँ सन् १९७० को आसपासदेखि अहिलेसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो ।
सन् २०११ मा भ्रष्टाचारको आरोप लगाउदै भएको आन्दोलनबाट हटाउने प्रयास हुँदा पनि उहाँ पदमै रहन सफल हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप