logo
२०८० चैत्र १६ शुक्रवार



सङ्क्रमित कर्मचारीलाई बिदा दिने प्रस्ताव मन्त्रिपरिषद् लगियो

पढ्नै पर्ने |
राष्ट्रिय |


सङ्क्रमित कर्मचारीलाई बिदा दिने प्रस्ताव मन्त्रिपरिषद् लगियो


मुकुन्द गैरे
काठमाडौं, कात्तिक २६ गते । विश्वभर फैलिएको कोरोना भाइरसको सङक्रमण अहिले नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको सन्दर्भमा सङक्रमित कर्मचारीलाई बिदा दिने विषयमा प्रस्ताव मन्त्रिपरिषद् लगिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रसेवक सेवा प्रवाह गर्ने शिलशिलामा कोरोना संक्रमण पुष्टि भए, छुट्टै बिदा दिने विषयमा मन्त्रिपरिषद् मा प्रस्ताव पठाएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी उक्त विदा दिने प्रस्ताव मन्त्रिपरिषद् मा पठाइएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।अहिले कोरोना संक्रमण देखिएका कर्मचारीलाई छुट्टै बिदा दिने हाल कानुनी व्यवस्था नरहेकाले बिदा दिनुपर्छ भनेर मन्त्रिपरिषद् मा प्रस्ताव लगिएको र उक्त प्रस्ताव छलफलमा रहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

कोरोना पोजेटिभ देखिए पनि सामान्य अवस्थामा रहेको कर्मचारीलाई १४ दिन बिदा, अर्को पोजेटिभ देखिएपछि हस्पिटलमा बस्नुपर्ने अवस्थाको कर्मचारीलाई भने हस्पिटल बसेभरीको बिदा दिनु पर्ने प्रस्ताव मन्त्रालयले गरेको प्रवक्ता अधिकारीले बताउनुभयो ।
हाल नेपालमा तीन तहमा गरी एक लाख ३८ हजार निजामती कर्मचारीको दरबन्दी छ । संघमा ५९ हजार, प्रदेशमा २२ हजार ५०० र स्थानीयमा ६७ हजार कर्मचारीको दरबन्दी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप