logo
२०८० चैत्र १६ शुक्रवार



मङ्गलबार अफगानिस्तानमा राष्ट्रिय शोकको घोषणा

अन्तर्राष्ट्रिय |


मङ्गलबार अफगानिस्तानमा राष्ट्रिय शोकको घोषणा
तस्विर-एपी


काबुल, अफगानिस्तान, कात्तिक १८ गते।
अफगानिस्तानको सरकारले सोमबार राजधानी काबुलमा भएको आक्रमणमा मृत्यु भएका व्यक्तिको सम्झनामा मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
काबुल विश्वविद्यालयमा अफगानी तालिवान समूहले गरेको आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको थियो भने सोही सङ्ख्यामा मानिसहरू घाइते भएका थिए । आक्रमणकारीले विश्वविद्यालय परिसरमा विष्फोटक पदार्थ प्रयोग गरी हमला गरेका थिए ।
राष्ट्रपतिको कार्यालयका अनुसार मङ्गलबार देशभरका मस्जिदमा हमलामा ज्यान गुमाउनेको सम्झनामा प्रार्थना गरिने र अफगानिस्तान र विदेशस्थित अफगानी नियोग तथा कार्यालयहरूमा राष्ट्रिय झण्डालाई आधा झुकाइने छ ।
राष्ट्रपति मोहम्मद असरफ घानीले आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?