logo
२०८१ बैशाख ८ शनिवार



संविधानसभाका पूर्व सदस्य चौधरीको निधन

राष्ट्रिय |


संविधानसभाका पूर्व सदस्य चौधरीको निधन


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ११ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा संविधानसभाका पूर्व सदस्य मानपुर चौधरीको निधन भएको छ । कोरोना संक्रमण भएपछि धरानमा उपचार गराइरहनु भएका चौधरीको आज मंगलबार १ बजे निधन भएको थारु कल्याणकारिणीसभाका उपत्यका सभापति सुमन चौधरीले जानकारी दिनुभयो ।

चौधरी भदौ ३० गतेसम्म काठमाडौंमा रहनुभएको र विराटनगरमा गएर कोरोना परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएको सभापति चौधरीले जानकारी दिनुभयो । सप्तरी घर गएपछि कोरोनासँग सम्बन्धित रुघाखोकी समस्या देखिएपछि पुनः धरानमा गएर परीक्षण गराउँदा उहाँलाई कोरोना पोजेटिभ देखिएको थियो । चौधरी डाइबिटिजको पनि बिरामी भएको उहाँले बताउनुभयो ।

कञ्चनरुप नगरपालिका ४, कविलासा सप्तरीका स्थायी निवासी चौधरीको मंगलबार १ बजेतिर निधन भएको जानकारी प्राप्त भएको नेता राजकुमार लेखीले बताउनुभयो । उहाँको शव अझै अस्पतालमै रहेको जानकारी प्राप्त भएको लेखीले जानकारी दिनुभयो । चौधरी तत्कालीन नेकपा माओवादी केन्द्रबाट सप्तरी क्षेत्र नं. १ बाट संविधानसभाका निर्वाचित सांसद हुनुहुन्थ्यो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?