logo
२०८० चैत्र ६ मंगलवार



घरैमा बसेर पनि दशैंमा चिटिक्क बन्नुहोस्

पढ्नै पर्ने |
खुला |


घरैमा बसेर पनि दशैंमा चिटिक्क बन्नुहोस्


यलु जोशी
काठमाडौं, कात्तिक ७ गते । कोरोनाको महामारीको कारण दशैंमा ब्युटी पार्लर जान नपाएर चिन्तामा हुनुहुन्छ भने अब ढुक्क हुनुहोस् । घरैमा बसेर पनि आफू चिटिक्क बन्न सक्ने सौन्दर्यकर्मीहरु बताउनुहुन्छ ।
अनुहारका लागि मेकअप जरुरी छ । यसले सुन्दरतामा निखार ल्याउनुका साथै वातावरणमा भएका विभिन्न विकिरण र हानिकारक तत्वबाट छालालाई सुरक्षा दिने सौन्दर्यकर्मी मीरा श्रेष्ठले बताउनुभयो ।
मेकअप गर्दा के गर्ने, के नगर्ने र यसको प्रक्रियाबारे श्रेष्ठ भन्नुहुन्छ, लुगा मात्र राम्रो लगाएर हुन्न जव मेकअप नहुँदा अवश्य पनि नराम्रो देखिन्छ ।
हामी सबै दशैंको लागि राम्री बन्नुपर्छ त्यसैले मेकअप गर्दा पहिले अनुहार सफा राख्नुपर्छ उहाँ भन्नुहुन्छ, सफा अनुहारमा सनब्लक लगाउनुपर्छ उहाँ थप्नुहुन्छ, यदि अनुहारको छाला रुखो छ भने यसअघि मोइस्चराइजिङ लोसन लगाउनुपर्छ ।
मेकअपको सबैभन्दा महत्वपूर्ण र धेरैलाई थाहा नभएको प्राइमर लगाउनु जरुरी हुन्छ ।
उहाँले प्राइमरले अनुहारमा मेकअपका लागि एउटा बेस बनाइदिने जानकारी दिनुभयो । यो लगाएपछि अनुहारमा छुट्टै चमक आउँछ र फाउन्डेसनलाई धेरैबेरसम्म टिकाइराख्ने उहाँले जानकारी दिनुभयो ।
यस्तै, मेकअप आर्टिस्ट मन्जु कार्की पाण्डे भन्नुहुन्छ आँखाको मेकअप सबै भन्दा महोत्वको विषय हो ।
धेरैले आँखाको मेकअप फाउन्डेसन लगाएपछि मात्र गर्नुहुन्छ तर हामी भने यो पहिले नै गर्छौं किनभने आँखाको मेकअप गर्दा हातले पटक पटक छालालाई छोइरहेको हुन्छ, आइस्याडो झरिरहेको हुन्छ । त्यसैले पुनः फाउन्डेसन लगाउनुपर्छ । त्यसपछि फाउन्डेसन लगाउनुहोस् । तर मेकअप गर्दा फाउन्डेसन नै लगाउनुपर्छ भन्ने छैन । अनुहारमा धेरै दागहरू नभएका र गोरो वर्ण भएकाले बीबी क्रिम लगाउँदा पनि अनुहार आकर्षक र सुन्दर देखिन्छ । त्यसपछि पाउडर प्रयोग गर्न सक्छौं ।
दशैं भनेको खानपिनको चाड हो त्यसकारण खाने क्रममा कतिको लिपस्टिक लत्पतिन्छ र धेरै बेरसम्म टिक्दैन पनि । यसका लागि पाण्डे भन्नुहुन्छ, पहिलो कोटको लिपस्टिक लगाइसकेपछि टिस्यु पेपरलाई एक पटक ओठले च्याप्नुपर्छ त्यसपछि दोस्रो कोट लिपस्टिक लगाउनुपर्छ । अन्त्यमा टिस्युलाई ओठमाथि राख्ने र त्यसमाथि पाउडर लगाउने । धेरैको सोच मेकअप धेरैसम्म टिकोस् भन्ने नै हुन्छ । यसका लागि मेकअप स्प्रे, सेटिङ स्प्रे वा फिक्सरको प्रयोग गर्न सकिन्छ । स्प्रे लगाउँदा चार घण्टा टिक्ने मेकअप ६ घण्टासम्म पनि टिक्ने गर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?