logo
२०८० चैत्र ६ मंगलवार



जनकपुरधामका शक्तिपीठमा फूलपाती 

पढ्नै पर्ने |
खुला |


जनकपुरधामका शक्तिपीठमा फूलपाती 
राजदेवी मन्दिरमा फुलपाती भित्र्याईंदै



धर्बेन्द्र झा
जनकपुरधाम, कात्तिक ७ गते । विजयादशमीको सातौं दिन सप्तमी तिथिका दिन अर्थात् आज शुक्रबार प्रदेश नं.२ को राजधानी जनकपुरधामसहित प्रदेशका विभिन्न शक्तिपीठमा कोरोना महामारीकाबीच स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर फूलपाती भित्राइएको छ ।
जनकपुरधामको प्रसिद्ध शक्तिपिठ राजदेवी, बौद्धीमाइ, अमरखना माइ, पिडरियामाइसहितको शक्तिपीठहरुमा आज बाजागाजाका साथ भौतिक दूरी कायम गरी निस्केको साधुसन्तसहित सर्वसाधारणको समूहले फूलपाती भित्राइएको छ । जनकपुरधामका प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले संयुक्तरुपमा सलामीसहित निकालेको डोला जनकपुरधामको मरवाडी सेवा समिति पुगेर त्यहाँस्थित रहेको बेलको फल टिपेपश्चात बैदिक परम्परा अनुसार फूलपाती भित्याइएको राजदेवी मन्दिरमा दशैंमा पूजाको व्यवस्थापन गर्दै आएका महाविर युवा कमिटीका पूर्वअध्यक्ष धर्मेन्द्र साहले बताउनुभयो । जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजासहित निस्केको भक्तजनहरुको समूहले शक्तिपीठभन्दा नजिकै रहेको बेलको रुखमुनि गएर हिन्दु परम्परा अनुसार पूजापाठ गरी सो रुखमा रहेको बेल टिपेर त्यसलाई रातो कपडामा बेरेर फर्किएको उहाँले बताउनुभयो । यसलाई तराइ मधेशतिर बेलतोरी भन्ने पनि चलन  छ ।
खष्ठी तिथिमा निम्ता दिएको सो बेलको फललाई सप्तमी तीथिका दिन रुखबाट तोडेर ल्याई आज मध्यरातमा कालरात्री मातालाई बलि दिएपश्चात् मात्रै बोकाको बलि दिने चलन रहेको पंडित ज्याकान्त झाले बताउनुभयो । परापूर्वकालमा बेलको नै बली दिने चलन रहेको र पछि आएर बोकाको बली दिने चलन सुरु भएको हुन सक्ने पंडित झाले बताउनुभयो । फूलपाती भित्र्याउने कार्यक्रममा जनकपुरधाम उपमहानरपालिकाका नगर प्रमुख लालकिशोर साहसहित विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता  थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?