logo
२०८० चैत्र १६ शुक्रवार



सुर्खेतमा कोरोना संक्रमणबाट ८६ वर्षीय महिलाको मृत्यु

प्रदेश |


सुर्खेतमा कोरोना संक्रमणबाट ८६ वर्षीय महिलाको मृत्यु


मनु हमाल
सुर्खेत, कात्तिक ४ गते । कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगर–८ का एक ८६ वर्षीय महिलाको मंगलबार (आज) दिउँसो एक बजे प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो ।
रुघाखोकी र ज्वरो आएपछि उनलाई असोज ३० गते प्रदेश अस्पतालको इमरजेन्सी कक्षमा भर्ना गरिएको थियो । उनलाई कात्तिक १ गते कोरोना संक्रमण देखिएको थियो । प्रदेश स्वास्थ्य सेवा महाशाखाले स्वास्थ्यमा सुधार नआएपछि आइसियू राखेर उपचार गरिएको र उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।
कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सुर्खेतमा सात पुगेको छ भने प्रदेशमा संख्या १४ पुगेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?