logo
२०८० चैत्र ६ मंगलवार

  कोभिड उपचारमा कस्तो छ आपूर्ति व्यबस्था ?  



रिम्डिसिभिर ४५० भाइल आइपुग्यो,थप आउँदै,अक्सिजन अभाव छैन

स्वास्थ्य |
पढ्नै पर्ने |


रिम्डिसिभिर ४५० भाइल आइपुग्यो,थप आउँदै,अक्सिजन अभाव छैन


केशवराज पौडेल
काठमाडौं, काित्तक ४ गते । कोरोना संक्रमितका लागि अत्यावश्यक पर्ने रिम्डिसिभिरको थप छ हजार भाइल ल्याउन सरकारले तीन ओटा कम्पनीलाई अनुमति प्रदान गरेसँगै सोमबार ४५० भाइल े रिम्डिसिभिर काठमाडौं आइपुगेको छ ।
यसअघिपनि सरकारले रिम्डिसिभिर ल्याउन तीन ओटा कम्पनीलाई अनुमति दिएको थियो । सो समयमा ल्याएको रिम्डिसिभिरको मौज्दात सकिएकाले फेरि औषधि ल्याउन अनुमति प्रदान गरेसँगै सोमबार ४५० भाइले रिम्डिसिभिर काठमाडौैं आइपुगेको हो ।
सरकारले यो पटक एक भारतीय कम्पनीसहित तीन ओटा कम्पनीलाई रिम्डिसिभिर ल्याउने अनुमति दिएको थियो । कोभिडको उपचारमा प्रयोग हुने रिम्डिसिभिर औषधिको आयातको लागि औषधि व्यवस्था विभागले यति फार्माकेम डिस्ट्रिब्युटर्स प्रालि लतिलपुर,माइलन प्राली काठमाडौ तथा भारतीय कम्पनी हेट्रो ल्याब्स लिमिटेड रहेका छन् ।
औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले सोमबार माइलन प्रालिले ४५० भाइल रिम्डिसिभिर ल्याएको र मंगलबार समेत दुबै कम्पनीले ल्याउने तयारी गरिरहेको बताउनुभयो ।
यस अघि आयातको जिम्मेबारी पाएका कम्पनीहरुले छ हजार भाइल रिम्डिसिभिर आयात गरेको र सो औषधि संक्रमितले प्रयोग गरेको उहाँले बताउनुभयो । नियमित रुपमा बिमानहरुले उडान नभएको कारणले ल्याउन समस्या परेको उहाँले स्पष्ट पार्नुभयो ।
नेपालमा रिम्डिसिभिर ल्याउने जिम्मेबारी पाएका कम्पनीले यही साताभित्रमा छ हजार भाइल रिम्डिसिभिर आउने केसीले बताउनुभयो ।
कसरी प्रयोग हुन्छ रिम्डिसिभिर
बिरामीको अवस्था हेरेर नेपाल मेडिकल काउन्सिलले निर्माण गरेको मापदण्डको आधारमा बिरामीहरुका लागि फरक फरक डोजमा रिम्डिसिभिर प्रदान गरिने केसीले बताउनुभयो । बिरामीको अवस्था हेरेर सात डोजको र ११ डोजको रिम्डिसिभिर प्रदान गरिने उहाँले बताउनुभयो । ‘कोरोना संक्रमित सबैलाई यो औषधिको डोज दिइँदैन र यसले कोरोनालाई निको नै पार्ने भनेर प्रमाणित भैनसकेकाले क्रिटिकल अवस्थामा मात्रै यो औषधिको प्रयोग गरिन्छ’ उहाँले भन्नुभयो ।
सुरुमा दुई डोज दिइन्छ त्यसपछि छ दिनसम्म एक÷एक डोज दिएर सात डोज र अर्काे भनेको सुरुमा दुई डोज दिएर नौ दिनसम्म एक/एक डोज लिएर ११ डोज पूरा गरी उपचार हुने गरेको उहाँले बताउनुभयो । यो बिरामी तथा आफन्तले माग गरेर भन्दा पनि उहाँहरुको अवस्थाको आधारमा नेपाल मेडिकल काउन्सिलले सिफारिस गरेको आधारमा डोज दिएर उपचार गरिने डा.केसीले बताउनुभयो ।
नेपाल सरकारलाई बंगलादेश सरकारले उपलब्ध गराएको पाँच हजार डोज रिम्डिसिभिर र भारत सरकारले उपलब्ध गराएको दुइ हजार डोज रिम्डिसिभिर स्वास्थ्य अनुसन्धान परिषद् मार्फत आवश्यक रहेको अस्पतालमा उपलब्ध गराइएको थियो । तर त्यसको मौज्दात बारेमा परिषद्ले विवरण सार्वजनिक गरेको छैन ।
नेपाल चिकित्सक संघको ध्यानाकर्षण
नेपाल चिकित्सक संघले केही दिन पहिले अत्यावश्यक औषधिको अभाव हुन नदिन माग गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै संघले संक्रमितहरुको संख्या दैनिक रुपमा बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
अक्सिजन दिन सक्छौ
नेपालमा आवश्यक रहेको अक्सिजन ग्यासमात्रै हैन ग्यास सिलिण्डर समेत पर्याप्त मात्रामा रहेको ग्यास उद्योगी तथा कोभिडको उपचारमा संम्लग्न चिकित्सकहरुले बताएका छन् ।
‘काठमाडौैं उपत्यकामा मात्रै ११ वटा अक्सिजन ग्यास उद्योगीसँग १२ हजार सिलिण्डर ग्यास उपलब्ध छन्’ नेपाल अक्सिजन ग्यास उत्पादक संघका महासचिव नारायण तिमल्सिनाले भन्नुभयो । दैनिक १२ हजार सिलिण्डर ग्यासले जस्तोसुकै भयावह अवस्थामा समेत थेग्न सक्ने तिमल्सिनाको दावी छ । उहाँले नेपालका प्रमुख सहर तथा अस्पतालमा अहिलेसम्म अक्सिजनको अभाव भएको कुनै पनि जानकारी नआएको सुनाउनुभयो ।
नेपालमा २० वटाभन्दा धेरै अक्सिजन उद्योगहरु छन् । जाडो मौसम सुरु हुँदैछ । कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहेको छ । अब नेपालमा एकै पटक हजारौको संख्यामा कोरोना संक्रमित तथा अन्य रोगका बिरामीलाई अक्सिजन दिएर उपचार गर्नुपरेमा ग्यास मात्रै नभएर ग्यास भर्न आवश्यक रहेको सिलिण्डरसमेत आवश्यकता अनुसार रहेको तिमल्सिनाले बताउनुभयो । तर सरकारले भने ग्यास उद्योगीहरुसँग अक्सिजनको उपलब्धताको बारेमा जानकारी नलिएको उहाँले गुनासो गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?