logo
२०८० चैत्र ६ मंगलवार



प्युठानमा बस दुर्घटना एकको मृत्यु, तीन जना गम्भीर घाइते

फिचर |
पढ्नै पर्ने |


प्युठानमा बस दुर्घटना एकको मृत्यु, तीन जना गम्भीर घाइते
सांकेतिक तस्बिर


सलिममियाँ अन्सारी

प्यूठान (बिजुवार), कार्तिक ४ गते । तिराम–मुर्कुटी सडकअन्तर्गत प्युठानको गोलबाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
माण्डवी गाउँपालिका २ तिरामबाट दाङतर्फ जाँदै गरेको राप्ती सार्वजनिक बस ब्याबसायी समितीको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान सडकबाट करीब एक सय मिटर तल खसेर दुर्घटना भएकाे घटनास्थलमै रहेका प्रहरी जवान डिल्ली बिकले जानकारी दिनुभयो ।

उहाँकाअनुसार मृत्यु हुनेमा दाङ घर भएका बस चालक ४० बर्षीय तारा राना छन। त्यस्तै, प्युठानको माण्डवी १ तिराम बस्ने बर्ष ६६ का गोकर्ण अधिकारी, बर्ष ४५ कि लक्षमीखत्री र दाङको बंगलाचुली गाउँपालिका बस्ने ३० बर्षीया बसन्ता बिक घाइते हुनुभएको छ । उहाँहरुको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारका लागि दाङ पठाईएको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?