logo
२०८० चैत्र १५ बिहीवार

  भैंसीपालक गंगाबहादुरकाे दैनिकी  



भैसीलाई ब्रेकफास्टदेखि मेसिनले दूध दुहुनेसम्म

फिचर |
पढ्नै पर्ने |


भैसीलाई ब्रेकफास्टदेखि मेसिनले दूध दुहुनेसम्म


होमराज रानाभाट
गैंडाकोट (नवलपरासी) कात्तिक २ गते । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं ४ का गंगाबहादुर थापामगर विदेशबाट फर्किएपछि अहिले भैंसीपालनमा रमाउनुभएको छ ।
पैसा कमाउन विदेशिएका मगर १० बर्षको विदेश बसाँईपछि अहिले जग्गा भाडामा लिएर भैसीपालन शुरू गरेपछि मनग्ये आम्दानी लिने किसानका रुपमा चर्चा पाउनुभएकाे छ ।  उहाँको दिनचर्या हरेक दिन भैंसीपालनमा भैसीसँगै बित्ने गर्दछ ।
उमेरले ५७ लाग्नै आँटेका गंगाबहादुर बिहान ४ बज्न नपाउँदै उठ्नुहुन्छ र राति अबेरसम्म गोठमा खटिनुहुन्छ र उहाँको भैंसीपालन ब्यबसायले उन्नति गरेको छ् । घरसँगै बनाइएका चार गोठभरि ३४ वटा र तिनका रहरलाग्दा पाडापाडी  छन् । बिहानै उठने बित्तिकै भैंसीलाई ब्रेकफास्ट (खोले) खुवाउँनुहुन्छ मगर । झिसमिस उज्यालो हुन नपाउँदै दूध दुहुने मेसिन र हातमा बाल्टी बोकेर भेंसीको छेउमा पुग्ने मगरलाई आफनी श्रीमती कौशिला थापा र दुई छोराले सहयोग गर्ने गरेका छन् ।
‘सरकारी अनुदानमा दूध दुहुने मेसिन पनि पाएको छु, कहिले हातैले दुहुन्छु त केही मेसिनले’ मगरले भन्नुभयो ,परिवारका सबै सदस्य अहिले भैंसीपालनमै रमाएका छन् । अहिले दैनिक तीन सय लिटर दुध उत्पादन हुने गरेको मगर बताउनुहुन्छ ।
मगरले अहिले ३४ वटा त माउ भैंसी पालेर दूध तीन सय लिटर बिक्री गरेको बताउनुहुन्छ । गत बर्ष मगरले सरकारी अनुदानबाट चार लाख प्राप्त गर्नुभएको थियो ।
मलेशियाको दश वर्षे बसाई छाडेर तीन वर्षदेखि भैसीपालनमा रमाएका मगर अहिले गैंडाकोटमा यो पेशामा रमाएका मात्रै छैनन उत्कृष्ट कृषकका रुपमा सम्मानित पनि हुनु भएकाे छ । विदेशको बसाई त्यागेर स्वदेशमै भैंसीपालनमा निकै रमाएका उहाँ अहिले वार्षिक दश लाख खर्च कटाएर मुनाफा कमाउने गरेको बताउनुभयो ।
२०७४ सालमा उहाँ नेपाल आएर भैंसीपालन शुरु गर्नुभएका मगर अहिले भैंसीपालनबाट सम्पन्न भएका हुनु भएकाे छ । शुरूमा गोठमा धेरै भैसी थिएनन् तर अहिले भने भैसी बढाउँदै लगेको र त्यसबाट दूध उत्पादन पनि सोचे जतिको राम्रो भएको मगरको भनाई छ ।
सहकारीबाट रु दुई लाख कर्जा लिएर भैंसीपालन शुरु गरेका मगर अहिले भैंसी पालनबाट राम्रो आम्दानी लिन सफल भएका हुनुहुन्छ भने भैंसीपालनमा राम्रो आम्दानी हुँदै गए पछि दुई छोरा लाई समेत यो पेशामा आबद्ध गराएको मगर बताउनुहुन्छ ।
मगरले बिदेश गएका छोरालाई नेपाल बोलाएर भैंसीपालनमा लगाए पछि अब एक सय बढि भेंसी किन्ने गरि प्रकृया अगाडि बढाएको बताउनुभयो । मगरका छोरा र श्रीमतीले अहिले भैंसीपालनमा पुरै समय बिताउनु भएकाे छ । यो पेशा उहाँहरुका लागि बरदान साबित भएको स्थानीय मीना थापाले बताउनुभयो । मगरले अहिले चार जनालाई जागिर पनि दिनुभएको बताउनुभयो ।
गंगाबहादुर थापाको भैंसीपालनले अहिले बरिपरि सबैलाई प्ररेणा दिएको छ र यो व्यवसाप्रति धेरैले अपनाउन थालिसकेका उहाँ बताउनुहुन्छ । मगरको मिहिनेत देखेर स्थानीय समेत छक्क पर्ने गरेका गैंडाकोट नगरपालिका वडा नं ४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपाने बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?