logo
२०८० चैत्र १६ शुक्रवार



धनगढीमा सङ्क्रमित पुरुषको होम आइसोलेशनमा मृत्यु

प्रदेश |


धनगढीमा सङ्क्रमित पुरुषको होम आइसोलेशनमा मृत्यु
सांकेतिक तस्बिर


अविनाश चौधरी
धनगढी, कात्तिक २ गते । कैलालीको धनगढी उपमहानगरपालिका–२ कृष्णनगरका कोरोना सङ्क्रमित एक व्यक्तिको आज बिहान मृत्यु भएको छ ।
होम आइसोलेशनमा बस्नु भएका ४२ वर्षीय पुरुषको मृत्यु भएको वडा नम्बर २ का वडा अध्यक्ष नरबहादुर बमले जानकारी दिनुभयो । उहाँका अनुसार असोज १५ गते सेती प्रादेशिक अस्पतालमा स्वाब दिनु भएका ती पुरुषको १७ गते पोजेटिभ रिपोर्ट आएको थियो । तर, सङ्क्रमितको बारेमा वडा कार्यालयलाई जानकारी गराइएको थिएन ।
‘ती व्यक्ति वा परिवारका सदस्य कसैले पनि हामीलाई सङ्क्रमित भएकोबारे थाहा दिएन’, अध्यक्ष बमले भन्नुभयो । ‘सङ्क्रमितको मृत्यु भएपछिमात्रै आज बिहान हामीलाई जानकारी गराइएको हो ।’ मृतकको बारेमा प्रहरीलाई जानकारी दिएर शव व्यवस्थापनको प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो ।
सङ्क्रमित ती पुरुष क्यान्सरका बिरामी हुनुहुन्थ्यो । उपचारका लागि उहाँ चितवन पुग्नु भएको थियो । त्यहाँबाट फर्केपछि कोरोना परीक्षण गराएको जनाइएको छ ।
वडा नम्बर २ का पुरुष व्यक्ति पोजेटिभ भएको रिपोर्ट धनगढी उपमहानगरपालिकाको कार्यालयमा पुगेपछि सङ्क्रमितको बारेमा सोधीखोजी गरिएको थियो । तर, सङ्क्रमित व्यक्ति भने फेला पार्न नसकेको नगर स्वास्थ्य संयोजक लक्ष्मी उपाध्यायले जानकारी दिनुभयो । ‘त्यसबेला हामीले धेरै सोधीखोजी ग¥यौं तर, फेला पार्न सकिएन’, उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?