logo
२०८० चैत्र १६ शुक्रवार



बाँकेमा हालसम्म २७ जनाले प्लाज्मा दान गरे, १९ जनालाई प्लाज्मा दिईयो

प्रदेश |


बाँकेमा हालसम्म २७ जनाले प्लाज्मा दान गरे, १९ जनालाई प्लाज्मा दिईयो


सिराज खान
नेपालगञ्ज, असोज २७ गते । बाँकेमा कोरोना जितेर घर फर्किएकामध्ये हालसम्म २७ जनाले प्लाजामा थेरापीको लागि रगत दान गरेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार हालसम्म कोरोना जितेर निको भै घर फर्किएका २७ जनाले गम्भीर संक्रमितका लागि प्लाज्मा दान गरेका हुन् ।
उहाँले कोभिडका गम्भीर अवस्थामा भएका भेरी अस्पताल नेपालगञ्जका १२ जना संक्रमित र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ संक्रमित गरि १९ जनालाई प्लाजा चढाईएको बताउनुभयो ।
फोकल पर्सन श्रेष्ठले प्लाजामा थेरापीको लागि रक्तदान गरेर सहयोग गर्न निको भएकाहरूलाई निरन्तर आग्रह गरहेको पनि बताउनुभयो ।
सोमवारसम्म २५ जनाले प्लाज्मा दान गरेकोमा मंगलवार मात्रै थप दुई जनाले प्लाज्मा दानका लागि रगत दिएपछि प्लाज्मा दिनेहरु २७ पुगेको प्लाज्मा थेरापी विभागका वरिष्ठ स्वास्थ्यकर्मी होमनाथ सुवेदीले बताउनुभयो ।
उहाँले गम्भीर संक्रमितहरु बढ्दै गएपछि अझै पनि प्लाज्मा दानका लागि सामाजिक सञजालमार्फत निको भएकाहरुसंग अनुरोध गरिएको बताउनुभयो ।
स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या दुई हजार ४० पुगेको छ । तीमध्ये जिल्ला भित्रका २६ र जिल्ला वाहिरका १२ जना गरि ३८ जनाको कोरोनाबाट मृत्यु भएको छ । संक्रमित मध्ये एक हजार ८४७ निको भएर डिस्चार्ज भइ घर फर्किसकेका छन ।
जिल्लाभर हाल पनि ५६७ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसन र अस्पतालमा रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?