logo
२०८१ बैशाख ४ मंगलवार

  साथमा दृश्य समाचार र फाेटाे फिचर  



तीन हजार अट्ने सम्मेलन हल अन्तिम चरणमा, कात्तिकमा सम्पन्न हुने

राष्ट्रिय |


तीन हजार अट्ने सम्मेलन हल अन्तिम चरणमा, कात्तिकमा सम्पन्न हुने
तस्बिर: सागर बस्नेत


केशब पौडेल/दृश्य सागर बस्नेत 
काठमाडौं, असोज २२ गते । उपत्यकामा अन्तर्राष्ट्रिय स्तरका ठूलो संख्या सहभागी अट्ने कार्यक्रम गर्ने हलको अभाव भएको समयमा ललितपुरका गोदावरीमा निर्माणाधीन तीन हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । कोभिड महामारीको कारणले तोकिएको समयमा भन्दा केही ढिला गरि काम सम्पन्न हुने शहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दुवाडीले जानकारी दिनुभयो ।


‘हलको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बारम्बार फलो गरिरहनुभएको छ, उहाँलाई बिफ्रिङ्ग गर्दा समेत हामीले कात्तिक महिनासम्मका काम सम्पन्न हुने जानकारी गराएका छौ’ प्रवक्ता दुवाडीले भन्नुभयो ।
उहाँका अनुसार हलको ७० प्रतिशत सम्पन्न भएको छ । शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले गोदावरी नगरपालिका–३ मा उक्त केन्द्र निर्माण गरिरहेको छ ।
भवन निर्माणको लागि विभाग र केसी–समानान्तर जेभीबीच २०७६ कात्तिक २० गते सम्झौता भएको थियो । सम्झौता भएको भोलिपल्टैबाटै काम सुरु भएको थियो । सो भवन अघिल्लो बर्षको चैत्रमा सम्पन्न हुने सम्झौता भए पनि साइटमा रहेको रुख काट्न दुई महिना लागेको र बर्षादको कारणले भनेको समयमा काम सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो ।
विश्वव्यापीरूपमा फैलिरहेको कोभिड महामारीका कारण गत वर्षको चैतदेखि असार मसान्तसम्म काम गर्न नपाएको निर्माण पक्षले जनाएको छ ।
केन्द्रको भवन निर्माणको काम हालसम्म ७० प्रतिशत सम्पन्न भयो बाँकी रहेको ३० प्रतिशत काममा सीमा पर्खाल, प्लास्टर, रङरोगन, एसी र आवश्यक सामान फिट गर्न मात्रै बाँकी रहेको उहाँले बताउनुभयो ।
पच्चीस रोपनी क्षेत्रफलमा ६० हजार वर्गफिटमा फैलिएको केन्द्रमा तीन तलाको भवन र एक तलामाथि बीम बस्ने भएको छ । यसमा एक मुख्य भवन त्यसभित्रको ‘ए’ ब्लकमा शौचालय, पाहुनाकक्ष र विशिष्ट व्यक्ति बस्ने ठाउँ, ‘बी’ ब्लकमा तीन हजार क्षमताको कक्ष र ‘सी’ ब्लकमा सानो बैठककक्षका साथै हल पनि रहने छ । केन्द्र निर्माणका लागि रु ६५ करोड ८१ लाख ६५ हजार ४५९ मा निर्माण सम्पन्न गर्न ठेक्का लिएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?