logo
२०८१ बैशाख ८ शनिवार



सरकार कुरामा भन्दा काममा विश्वास गर्छ : मन्त्री ढकाल

स्वास्थ्य |
राष्ट्रिय |


सरकार कुरामा भन्दा काममा विश्वास गर्छ : मन्त्री ढकाल


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १० गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकार देश र जनताको काममा केन्द्रित भएर काम गरिरहेको बताउनुभएको छ । १६ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवम् वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औँ वार्षिकोत्सव समारोहमा शनिबार भर्चुवल सम्बोधन गर्दै मन्त्री ढकालले सो कुरा बताउनुभयो ।
सरकार कुरामा भन्दा पनि काममा विश्वास गरेर अघि बढिरहेको बताउँदै मन्त्री ढकालले कोभिड १९ को विरूद्धमा मन, वचन र कर्मले सरकार काम गरिरहेका प्रष्ट पार्नुभयो । सरकार निरोगी नेपालको अभियान साकार पार्न लागिपरेको पनि उहाँले बताउनुभएको ।

स्वस्थ जीवनशैली र खानपानका विषयमा नागरिकमा सचेतना जगाउन आवश्यक रहेको मन्त्री ढकालले चर्चा गर्दै मन्त्रि ढकालले क्यान्सर रोगले सबैलाई दुःख दिइरहेको बताउँदै वार्षिक रूपमा विश्वमा ९६ लाख मानिस र नेपालमा मात्रै वार्षिक २६ हजार जनाले विभिन्न प्रकारका क्यान्सरका कारण मृत्युवरण गरिरहेको  तथ्याङ्क प्रस्तुत गर्नुभयो । क्यान्सरबाट मृत्यु हुनेमध्ये १० प्रतिशत नागरिक नेपालजस्तै देशका रहेको बताउँदै उहाँले भन्नुभयो, “हामीले क्यान्सर वृद्धिको कारण खोजेर निदानका लागि काम गर्नुपर्छ ।”
अस्पतालले प्रकाशन गरेका विभिन्न तीन पुस्तक पनि सो क्रममा मन्त्री ढकालले सार्वजनिक गर्नुभयो । मन्त्री ढकालले भर्चुवल माध्यमबाटै अस्पताले ई–टिकेटिङका लागि तयार पारेको एप्स क्लिक गरेर सोको शुभारम्भ पनि गर्नुभयो । यसले क्यान्सर अस्पतलमा सेवा लिन आउने सेवाग्राहीलाई अब टिकटकै लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?