logo
२०८० चैत्र १६ शुक्रवार



नेपाली दूतावास बेलायतमा संविधान दिवस मनाइयो

विदेश |


नेपाली दूतावास बेलायतमा संविधान दिवस मनाइयो


गोरखापत्र समाचारदाता
लण्डन,असोज ६ गते । राष्ट्रिय दिवस एवं संविधान दिवसको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले त्रिदिवसीय कार्यक्रम सम्पन्न गरेको छ ।सो अवसर बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टाबासी नेपालीको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभयो । राष्ट्रिय दिवसको अवसर पारेर राजदूतावासमा नेपाली संगीत महोत्सवको आयोजनासमेत गरिएको थियो ।

सो क्रममा राजदूत डा. सुवेदीले बेलायतका नौ जना लोकप्रिय गायक, गायिकाहरुको स्वर रहेको चार वटा गिती एल्बमहरु सम्झनाको सिमसिमे झरी, मायावी परेलीहरु, तिम्रो तस्वीर आँखाभरि , दुबोसरी रहरहरुको लोकार्पण गर्नुभयो । कार्यक्रममा राजदूत डा. सुवेदीले बेलायतका ७७ जना प्रतिनिधि नेपाली कथाकारहरुका कथा संकलित ‘बेलायतमा नेपाली कथा’ नामक प्रतिनिधि कथा संग्रहको लोकार्पण गर्नुभयो ।

यसअघि नेपाली राजदूतावास र यूके नेपाल टे«ड एण्ड इन्भेष्टमेन्ट फोरमको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट नेपाल विकास सम्मेलन सम्पन्न भएको दूतावासले जनाएको छ । उक्त सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, अल पार्टी पार्लियामेन्टी« गुप फर नेपालका उपाध्यक्ष तथा फोरमका अध्यक्ष लर्ड शेख,फोरमका उपाध्यक्ष तथा कन्फिडेरेशन अफ ब्रिटीश इन्डस्ट्रीका अध्यक्ष लर्ड बिलमोरिया, नेपालका लागि संयुक्त अधिराज्यकी राजदूत निकोला पोलिट, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा वक्ताहरुले नेपालमा लगानीका अवसरहरुको बारेमा जानकारी दिंदै व्यापार तथा लगानी प्रवर्द्धनका लागि बेलायतका व्यवसायी एवं लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो । यसैगरी बेलायतमा रहनुभएका वरिष्ठ कलाकार पिंकी सिंहका नेपालका आकर्षक पर्यटकीय स्थलहरु एवं नेपालको मौलिक कला संस्कृति झल्काउने ३० वटा कलाकृत्ति रहेका ‘नेपाल यात्रा २०२०’ विषयक नेपाली कला प्रदर्शनीको राजदूत सुवेदीले उद्घाटन गर्नु भयो । उक्त सप्ताहव्यापी नेपाली कला प्रदर्शनी असोज ८ गतेसम्म जारी रहने छ ।

यसैरी राजदूतावासले नेपाल आयरल्याण्ड सोसाइटी एवम् आयरल्याण्ड नेपाल चेम्बर अफ कर्मशसँको सहकार्यमा सहकार्यमा भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस एवं नेपाल विकास सम्मेलन सम्पन्न गरेको छ । उक्त सम्मेलनमा नेपाल र आयरल्याण्डबीच शिक्षा, पर्यटन , व्यापार र लगानी अभिवृद्धिका अवसर र चुनौतीहरुबारे वृहत् अन्तरक्रिया सम्पन्न भएको दूतावासले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?