logo
२०८० चैत्र १५ बिहीवार



नेकपा सचिवालय आजकाे बैठक नबस्ने, मंगलबार बालुवाटारमा बस्ने

मुख्य समाचार |


नेकपा सचिवालय आजकाे बैठक नबस्ने, मंगलबार बालुवाटारमा बस्ने
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ५ गते । आज सोमबार दिउँसो १ बजेका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । बैठक भोलि मंगलबार दिउँसो १२ः३० बजे बालुवाटारमा बस्ने बालुवाटार स्रोतले जनाएको छ ।

आइतबार तत्कालीन माओवादी मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले मुख्य चारवटा बैठकको कार्यसूची तय गरेको थियो । पहिलो नम्बरमा रहेको मन्त्रि परिषदको पुनर्गठनको कार्यसूचीमाथि आइतबार छलफल भएको थियो । मन्त्रि परिषद पुनर्गठनमा सचिवालय सदस्यहरुको एकमत देखिए पनि त्यसको खाका बन्न बाँकी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारलाई जानकारी गराउनुभएको थियो ।

बाँकी कार्यसूचीमा पार्टी एकताका बाँकी काम टुङ्ग्याउने, संवैधानिक निकायमा बाँकी नियुक्तीका विषयमा छलफल गर्ने, एकता महाधिवेशन तयारीको काम गर्ने लगायत छन् । आज बस्ने भनिएको बैठकमा पार्टीको आन्तरिक बाँकी एकता प्रक्रियाबारे छलफल हुने भनिएको थियो । तर नेताहरुको व्यस्तताका कारण आजको बैठक भोलि मंगलबारका लागि सारिएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी गराएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?