logo
२०८१ बैशाख ८ शनिवार



काठमाडौं उपत्यकामा ७११ मा सङ्क्रमणको पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकामा ७११ मा सङ्क्रमणको पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ३ गते । काठमाडौं उपत्यकाका ७११ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ७११ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौंमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जनामा सङ्क्रमणको पुष्टि भएको छ । काठमाडौंमा २११ महिला र ३५९ पुरुष, ललितपुरमा ३० महिला र २८ पुरुष तथा भक्तपुरमा ३७ महिला र ४६ पुरुष सङ्क्रमितको पहिचान भएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ४४७ जना सङ्क्रमणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?