logo
२०८० चैत्र १५ बिहीवार



बुसान इन्टरनेशल फिल्म फेस्टिभलमा दाेस्राे नेपाली सर्ट फिल्म ‘जुलुङ्गो’

मनोरञ्जन |


बुसान इन्टरनेशल फिल्म फेस्टिभलमा दाेस्राे नेपाली सर्ट फिल्म ‘जुलुङ्गो’



गोरखापत्र अनलाइन
काठमाडौं, असोज २ गते । यस वर्षको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा अर्को नेपाली फिल्म पनि छनोट भएको छ । राजेशप्रसाद खत्री लिखित तथा निर्देशित सर्ट फिल्म ‘जुलुङ्गो (अ स्केयरक्रो)’ बुसानको ‘एसियन सर्ट फिल्म कम्पिटिशन’ अन्तर्गत छनोट भएको हो ।
बुसानले चारदिन अघि सार्वजनिक गरेको छनोट सूचीमा मुख्य प्रतिस्पर्धामा सुजित बिडारीको नेपाली फिचर ‘ऐना झ्यालको पुतली’सँगै एसियन सर्टमा ‘जुलुङ्गो’ छनोट भएको हो ।
एसियाको प्रतिष्ठित कोरियाली फिल्म फेस्टिभल बुसानमा छनोटसँगै निर्माण टोलीले बिहीबार ‘जुलुङ्गो’को पोस्टर सार्वजनिक गरेको छ । यस सेक्सनमा एसियाबाट १० फिल्म छनोट हुँदा जुलुङ्गो पनि परेको हो । नेपाल, फ्रान्स र हङकङको संयुक्त निर्माणमा बनेको यसको नेपालबाट मीनबहादुर भाम, फ्रान्सका क्याथरिन डसार्ट र हङकङका शुक फोङ चोक निर्माता हुन् ।
यस सेक्सनमा नेपालसहित इरान, भियतनाम, मलेसिया, फिलिपिन्स, भारत, मंगोलिया, कम्बोडिया, बंगलादेशको फिल्महरु छानिएका छन् । छानिएका अधिकांश फिल्महरु अन्तर्राष्ट्रिय सहकार्यमा निर्माण भएका छन् । यस सेक्सको विजेताले १० हजार अमेरिकी डलर (करिब ११ लाख ७० हजार) पाउनेछ ।
जुम्लाको परिवेशमा एक बालिकाले आफ्ना पढ्ने रहरलाई आफैभित्र राखेर घरायसी काममा सिमित राख्नुपर्ने बाध्यतालाई जुलुङ्गोको कथावस्तु हो । पश्चिममा जुलुङ्गोको अर्थ बालीनाली रक्षा गर्न राखिने मान्छे आकृतिको ‘बुँख्याचा’ भन्ने हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?