logo
२०८१ बैशाख ६ बिहीवार



तीनधारे झरना हेर्न घुइँचो

खुला |


तीनधारे झरना हेर्न घुइँचो



यलुु जोशी

काभ्रे, असोज २ गते । सामाजिक सञ्जालमा बहुबली झरनाको नामले चिनिएको काभ्रेको रोशी गाउँपालिका–२ तीनधारे झरनाले यतिबेला धेरै चर्चा बटुलेको छ । मनै लोभ्याउने यो झरनाले धेरैको मन तानेको छ । अहिले युवापुस्ता त्यहाँ पुगेर रमाइलो गरेका तस्बिर फेसबुक, इन्स्टाग्राममा राख्ने क्रम ह्वात्तै बढेको छ ।
झरनामा अहिले बनेपा, धुलिखेल, काठमाडौँ, भक्तपुरका मानिस जाने गरेको पाइएको छ । करिब तीन सय मिटर उचाइबाट झर्ने पानीको बहाव निकै आकर्षक देखिन्छ । धुलिखेलबाट ३० किलोमिटर दूरीमा यो झरना छ । बिहान सबेरैदेखि काठमाडौँबाट भक्तपुर, बनेपा, धुलिखेल, सिन्धुलीको बर्र्दिबासको बाटो हँुदै नमोबुद्ध, दाप्चा, जरुवा खोलाको यात्रापछि काफल डाँडाबाट एक घण्टा हिँडेर झरनामा पुग्न सकिन्छ ।
तीनधारे झरना संयोजक समितिका अध्यक्ष वीरबहादुर मगर झरनामा पहिलेदेखि नै कसैको आँखा नपुगेको बताउनुहुन्छ । विगत एक महिनादेखि मात्र सो झरना लोकप्रिय भएको र गत माघमा केही व्यक्तिले ड्रोनबाट फोटो खिचेपछि चर्चा पाएको सुनाउनुभयो ।
स्थानीय बासिन्दा राममाया मगरले झरनामा बाहिरका मानिसको आकर्षक बढेको जानकारी दिनुभयो ।
यसका बारेमा फेसबुक मार्फत थाहा पाएपछि झरना हेर्न पुग्नुभएका काठमाडाँैका रोशन सापकोटाले झरना हेरेपछि बाटोको थकान सबै मेटिने अनुभव व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?