logo
२०८१ बैशाख १२ बुधवार



नयाँ बसपार्कमा सुरक्षित यात्राको तयारी (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |


नयाँ बसपार्कमा सुरक्षित यात्राको तयारी (फोटो फिचर)
तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र


काठमाडौँ, असोज १ गते । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्कले प्रविधिलाई पछ्याउँदै कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो ।

कोभिड–१९ का कारण चैत १० गतेदेखि देशभरका सार्वजनिक यातायात बन्द रहेको अवस्थामा सरकारको सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज १ देखि सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेसँगै आजदेखि कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो । टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन आउने यात्रुसमेत बढेका छन् ।

नयाँ बसपार्कमा सुरक्षित यात्राको तयारी र कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ का दृष्य गोरखापत्रका फोटो पत्रकार सुजन गुरूङ्गले क्यामरामा कैद गर्नु भएका तस्विर हेराैँ - 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?