logo
२०८१ बैशाख १३ बिहीवार



रोल्पामा स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना संक्रमण पुष्टि

पढ्नै पर्ने |
प्रदेश |


रोल्पामा स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना संक्रमण पुष्टि


बिमल राज डाँगी

रोल्पा, असोज १ गते ।  रोल्पामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थबाङ गाउँपालिकामा कार्यरत १ जना कर्मचारी र १ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।
गाउँपालिकाको ३ र ४ नम्बर वडामा कार्यरत स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना देखिएको बताइएको छ । संक्रमण पुष्टि हुनेमा ३६ वर्षीय स्वास्थ्यकर्मी र ३७ वर्षीय प्रहरी छन् ।
बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ९१ जनाको पिसिआर परिक्षण गरिएको थियो । तीमध्ये २ जनाको रिर्पोटमा कोरोना पोजेटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक तुलबहादुर पुनले जानकारी दिनुभयो ।
स्वास्थ्य शाखा संयोजक पुनका अनुसार १ सय ७ जनाको स्वाव संकलन गत शनिबार गरिएको थियो । तर, १६ जनाको रिर्पोट आउन बाँकी रहेको र संक्रमित दुबैजनाको स्वास्थ्य अवस्था सामान्य छ ।

कोरोना रिर्पोट पोजेटिभ आएका दुबै जनालाई लिबाङस्थित अस्थायी आइसोलेसन केन्द्रमा पठाउने तयारी भइरहेको थबाङ गाउँपालिका अध्यक्ष बीरबहादुर घर्तीले बताउनुभयो । ‘उहाँहरुको स्वास्थ्य सामान्य छ । पिसिआरमा पोजेटिभ आउन वितिक्कै आतिनुपर्र्ने अवस्था छैन । थबाङका सबै जनसमुदायलाई आआफ्नोे ठाउँमा सर्तकता अपनाउन अनुरोध गर्दछु’ अध्यक्ष घर्तीले भन्नुभयो ।

कोरोना भाइरस संक्रमण देखिएको क्षेत्रमा आजैदेखि कन्ट्रयाक ट्रेसिङको काम गरिनेसमेत अध्यक्ष घर्तीले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?