logo
२०८१ बैशाख ८ शनिवार



वरिष्ठ अधिवक्ताले बहस गर्दा अधिवक्तालाई संलग्न गराउनुपर्ने   

खुला |


वरिष्ठ अधिवक्ताले बहस गर्दा अधिवक्तालाई संलग्न गराउनुपर्ने   


काठमाडौँ, भदौ ३१ गते। नेपाल कानून व्यवसायी परिषद्ले वरिष्ठ अधिवक्तालाई मुद्दामा बहस गर्दा कम्तिमा एकजना अधिवक्तालाई व्यावसायिक रुपमा संलग्न गराउन सूचना जारी गरेको छ । परिषद्का सचिव रामहरि शर्मा काफ्लेले वरिष्ठ अधिवक्ताका लागि आज जारी गर्नुभएको सूचनामा कानून व्यवसायी आचारसंहिता, २०५१ को नियम ३ को उपनियम (२) मा वरिष्ठ अधिवक्तालाई कुनै पनि मुद्दामा बहस गर्दा कम्तिमा एकजना अधिवक्तालाई व्यावसायिक रुपमा संलग्न गराउनुपर्ने व्यवस्था छ ।    
 कानूनीरुपमा व्यवस्था भए पनि व्यवहारमा नदेखिएको हुनाले अनिवार्यरुपमा कार्यान्वयन गर्नुपर्ने भएको हुँदा परिषद्ले सूचना जारी गरेको परिषद्का सदस्य तथा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?