logo
२०८० चैत्र १५ बिहीवार



सन् २०२१ सम्ममा पाकिस्तानमा आर्थिक सुधारको अपेक्षा- एडीबी

अर्थ |
अन्तर्राष्ट्रिय |


सन् २०२१ सम्ममा पाकिस्तानमा आर्थिक सुधारको अपेक्षा- एडीबी
तस्विर-पाकिस्तान ट्रिब्युन


इस्लामाबाद, भदौ ३० गते।
एशियाली विकास बैङ्क (एडिबी) ले पाकिस्तानमा सन् २०२० जुलाई १ पछिको एक वर्षको समयमा व्यापक आर्थिक सुधार आउने प्रक्षेपण गरेको छ । महामारीको नियन्त्रणसँगै पाकिस्तानमा संरचनात्मक सुधारको अपेक्षा एडीबीको मङ्गलबार सार्वजनिक गरिएको नयाँ प्रतिवेदनमा उल्लेख छ ।
“पाकिस्तानले कोभिड–१९ द्वारा सिर्जना गरेको स्वास्थ्य र आर्थिक क्षेत्रको दोहोरो चुनौतीलाई समेट्न उल्लेखनीय सफलता प्राप्त गर्ने अपेक्षा गरिएको छ,” पाकिस्तानका लागि एडीबीका निर्देशक याङग सियाओङले भन्नुभयो । “कोरोना सङ्क्रमणको दरमा विस्तारै कमी आएको र व्यवसायिक गतिविधि फेरि सुरु भएका कारण अर्थव्यवस्थामा सुधारको सङ्केत देखिएको छ ।”
एसियाली विकास समीक्षामा एडीबीले सन् २०२० मा पाकिस्तानका लागि ०.४ वृद्धिदरको पूर्वानुमान गरेको थियो तर सन् २०२१ का लागि यसमा परिमार्जन गर्दै २.० प्रतिशतको वृद्धिदर रहने प्रक्षेपण गरेको छ । सामान्य अवस्थामा यस वर्षको अप्रिलसम्मका लागि एडीबीले पाकिस्तानले २.६ प्रतिशत र अर्को वर्ष ३.२ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर कोरोना भाइरसका कारण विश्वव्यापी व्यवसायिक गतिविधिमा प्रभाव परेको र पाकिस्तान पनि यसबाट अछुतोे नरहने बैङ्कको समीक्षाले देखाएको छ ।
रिपोर्टमा भनिएको छ, “कोभिड–१९ ले सन् २०२० मा पाकिस्तानको आर्थिक गतिविधिमा गम्भीर असर पारेको छ । आर्थिक वर्ष २०२० को पहिलो छ महिनामा प्राप्त लाभहरू महामारीका कारण प्रभावशून्य भएका छन् । विदेशी पर्यटकलाई यात्रामा रोक तथा सङ्क्रमण नियन्त्रणका लागि व्यवसायहरूलाई बन्द गर्नुपर्ने अवस्थाका कारण नियमित माग र आपूर्तिमा प्रभाव आएको बताइएको छ ।
खाद्यान्नको मूल्यवृद्धिले मुद्रास्फीति आर्थिक वर्ष २०१९ मा ६.८ रहेकोमा २०२० मा करिब चार प्रतिशतले वृद्धि भई १०.७ पुगेको थियो तर आथिैक वर्ष २०२१ मा ७.५ प्रतिशत कायम रहने उल्लेख गरिएको छ । महामारी नियन्त्रणमा समय लाग्नु, तेलको मूल्य कम हुनु र स्थानीय मुद्रा अवमूल्यनका कारण व्यापारिक वस्तुको आयातमा निकै गिरावट आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?