logo
२०८१ बैशाख १२ बुधवार



पाँच जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नापी कार्यालय मलङ्गवा एक हप्ताका लागि ‘सिल’

फिचर |


पाँच जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नापी कार्यालय मलङ्गवा एक हप्ताका लागि ‘सिल’


जनार्जन खत्री

सर्लाही, भदौ ३० गते । एकै पटक पाँच जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि नापी कार्यालय मलङ्गवा एक हप्तालाई ‘सिल’ गरिएको छ ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीएसमी) को मङ्गलवार दिउँसो बसेको बैठकले सात दिनका लागि नापी कार्यालय मलङ्गवा बन्द गर्ने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । नापीका एक जना अमिन, एक जना सर्वेक्षक र तीन जना कार्यालय सहयोगमा कोरोना सङ्क्रमण पोजिटिभ पाइएको हो ।

कर्मचारीहरुले भदौ २२ गते थ्रोट स्वाब दिएका थिए । सङ्क्रण पुष्टी भएकाहरुले मङ्गलवारसम्म पनि अन्य कर्मचारी र सेवाग्राहीहरुसँग घुलमिल भएर काम गरेका नापी कार्यालय मलङ्गवाले जनाएको छ । सङ्क्रमित कर्मचारीमा कोरोना भाइरसको कुनै लक्षण भने नदेखिएको र उच्च मनोवल बनाई घरमा बस्न भनिएको कार्यालय प्रमुख एवं प्रमुख नापी अधिकृत नसिमुल गनीले बताउनुभयो ।

स्वाब दिएपछि पनि कर्मचारीहरुले बाध्यताबस भीडभाडमै बसेर सेवा प्रवाह गरेकाले यसबिचमा नापी कार्यालय मलङ्गवामा सेवा लिन आएका सेवाग्राहीहरुलाई सावधानी अपनाउन कार्यालय प्रमुख गनीले आग्रह गर्नुभएको छ ।
समुदाय स्तरमा अत्यधिक सङ्क्रमण पाइएपछि एक महिना बन्द गरिएका सर्लाहीका सरकारी कार्यालयहरु अघिल्लो साताबाट खुलेका हुन् । धेरै दिनपछि खुलेका प्रशासन, नापी, मालपोत लगायतका कार्यालयहरुमा सेवाग्राहीको भीड लाग्ने गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?