logo
२०८१ बैशाख ७ शुक्रवार



पूर्वी नवलपरासीमा संक्रमितको संख्या छ सय ९९ पुग्यो, आज २० थपिए

प्रदेश |


पूर्वी नवलपरासीमा संक्रमितको संख्या छ सय ९९ पुग्यो, आज २० थपिए


होमराज रानाभाट

कावासोती भदौ ३० गते । पूर्वी नवलपरासीमा आज २० जना नयाँ संक्रमित थपिए पछि संक्रमितको संख्या छ सय ९९ पुगेको छ । जिल्लामा अहिले छ सय ९९ कोरोनाबाट संक्रमित भएका छन्, चार सय निको भएका छन् भने सकृय संक्रमित दुइ सय ९४ आईसोलेशनमा उपचार्रथ रहेका र पाँच जनाको ज्यान गएको छ ।

आज पोखरामा गरिएको परीक्षणमा चार महिला सहित २० जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागााईले बताउनुभयो ।

पोखरामा गरिएको परिक्षणमा मध्यबिन्दु नगरपालिकाको २,४,७,८,९,१० र १२ वडाका चार महिला र १३ पुरुष गरि १७ जना, गैंडाकोट नगरपालिका १३ का दुई पुरुष र बौंदीकाली गाउँपालिका ३ का एक पुरष गरि २० जनामा कोरोना पुष्टि भएको जिलला स्वास्थ्य कार्यालयका प्रमुख चापाँगाईले जानकारी दिनुभयो ।

संक्रमित सबैलाई रजहरको सामुदायिक प्राकृतिक चिकित्सालय अन्र्तगत अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको अस्पतालका निर्देशक डा.बिनोद पौडेलले बताउनुभयो । संक्रमित सबै समुदाय स्तरका भएका निर्देशक पौडेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?