logo
२०८१ बैशाख १३ बिहीवार

  नेपालमा कोभिड - १९  



मृतक सङ्ख्या बढे पनि मृत्युदर तुलनात्मक रुपमा कम

स्वास्थ्य |
पढ्नै पर्ने |


मृतक सङ्ख्या बढे पनि मृत्युदर तुलनात्मक रुपमा कम


उपेश महर्जन
काठमाडौँ, साउन ३१ गते । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण नेपालमा एक सय नेपालीले ज्यान गुमाइसके पनि अन्य देशको तुलनामा मृत्युदुर भने कम रहेको पाइएको छ । विश्वव्यापी रुपमा देखिएको सङ्क्रमण दर र मृत्यु दर अन्य देशहरुको तुलनामा नेपालमा धेरै कम रहेको छ ।
यो समाचार तयार पार्दासम्म नेपालमा सङ्क्रमित संख्या साढे २५ हजार पुगेको छ । वर्ड मिटरका अनुसार नेपाल सङ्क्रमित हुने देशको सूचीमा ६७ औँ स्थानमा छ ।
कम सङ्क्रमित बढी मृत्यु हुने देश
नेपालभन्दा कम सङ्क्रमित हुने अन्य देशमा मृत्युदर अत्यधिक रहेको पाइएको छ । करिब ३४ वटा देशहरुले सङ्क्रमित कम भए पनि मृत्यु हुने दरमा नेपाललाई पछाडि धकेलेका छन् ।
नेपालपछि धेरै सङ्क्रमित भएको देश अष्ट्रेलियामा नेपालमा भन्दा धेरै मृत्युको चपेटामा परेका छन् । त्यहाँ करिब २३ हजार सङ्क्रमित हुँदा ३९४ जनाको मृत्यु भएको छ । त्यस्तै, २२ हजार ८७६ जना सङ्क्रमित हुँदा युरोपेली देश अष्ट्रियामा ७२५ जना दिवङ्गत हुन पुगे ।
यस्तै, करिब २२ हजार सङ्क्रमित रहेको एल साल्भाडोरमा ५९५ जनाको ज्यान कोरोना भाइरसले लिएको छ । करिब १९ हजार सङ्क्रमित रहेको चेक गणतन्त्रमा ३९४ जनाले ज्यान गुमाए भने करिब १८ हजार सङ्क्रमित रहेको क्यामरुनमा ४०१ जनाको मृत्यु भयो । आइभोरी कोष्टमा १७ हजारभन्दा कम सङ्क्रमित हुँदा १०८ जनाको ज्यान गएको छ ।
यस्तै प्यालेष्टाइनमा १५ हजारलाई कोरोना पुष्टिसँगै १०६ जनाको मृत्यु भएको छ र बोस्निया हर्जगोविनामा ४६९ को ज्यान गएको छ ।
त्यसैगरी, करिब १५ हजार सङ्क्रमित हुँदा अत्यधिक मृत्यु हुने देशमा डेनमार्क रहेको छ । त्यहाँ ६२१ जनाको मृत्यु भयो भने दक्षिण कोरियामा ३०५ जनाको ज्यान गयो ।
नेपालभन्दा कम मृत्यु सिङ्गापुरमा
अत्यधिक सङ्क्रमित भएर पनि सिङ्गापुरमा नेपालभन्दा कम सङ्क्रमितको मृत्यु भएको छ । त्यहाँ ५५ हजार ५८० जनालाई सङ्क्रमित हुँदा मात्र २७ जनाको ज्यान गएको छ । नेपालभन्दा दुई गुणा बढी सङ्क्रमित रहेको सिङ्गापुरमा करिब चार गुणा कमको मृत्यु भएको छ । नेपालभन्दा बढी सङ्क्रमित हुने देशहरुको मृत्युदर पनि तीन अङ्कमा रहेको छ ।
सिङ्गापुरमा ५१ हजारभन्दा बढीको उपचार भइसकेको छ भने सक्रिय सङ्क्रमित पाँच हजार पनि छैनन् । दश लाखमा पाँच जनाको मृत्यु भएको सिङ्गापुरमा करिब १६ लाख ११ हजारको परीक्षण गरिएको छ । सिङ्गापुरमा ५८ लाख ५५ हजार जनसङ्ख्या रहेको छ ।
दश हजार सङ्क्रिमत भएर पनि बढी मृत्यु
नेपालभन्दा कम सङ्क्रमित भएर पनि अत्यधिक मृत्यु हुने देशमा बुल्गेरिया (४९२), माडागास्कर (१६४), उत्तरी म्यासेडोनिया (५३५), सुडान (७९३), सेनेगल २४९), नर्वे (२६१) रहेका छन् । यस्तै, दश हजारभन्दा कम सङ्क्रमित रहेको मुलुकमा बढी मृत्युदर हुनेमा गणतन्त्र कङ्गो (२३८), मलेसिया (१२५), पाराग्वे (१०८), जाम्बिया (२५६), हाइटी (१९६), फिनल्याण्ड (३३३), लक्जेम्बर्ग (१२२), लिबिया (१३९), अल्बानिया (२१९), मौरिटानिया (१५७), ग्रीस (२२३), क्रोसिया (१६३) जनाको मृत्यु भएको छ ।
पाँच हजारभन्दा कम सङ्क्रमित भएर पनि धेरै मृत्यु हुने देश
यस्तै, करिब पाँच हजारको आसपासमा सङ्क्रमित भएर पनि नेपालमा भन्दा बढी मृत्यु भएका देशमा जिम्बावे (१२८), मालावी (१५६), हङ्गेरी (६०७), निकारागुवा (१२८) रहेका छन् ।
यस्तै, तीन हजारभन्दा कम सङ्क्रमित भएर पनि नेपालको भन्दा बढी मृत्यु हुने देशमा माली (१२५), स्लोभेनिया (१२९), यमन (५२८) रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?