logo
२०८० चैत्र १६ शुक्रवार



ब्राजिलमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ लाख नाघ्यो

अन्तर्राष्ट्रिय |


ब्राजिलमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ लाख नाघ्यो
तस्विर–फाइल


ब्रासिलिया, साउन ३० गते ।
ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित हुने मानिसको सङ्ख्या ३२ लाख नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार रातिसम्म ३२ लाख २४ हजार ८७६ जना नागरिक कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।

स्वास्थ्य अधिकारीहरूले अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३२ लाख नाघेको र पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा ६० हजार ९१ नयाँ सङ्क्रमित फेला परेका छन् ।
त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या पनि एक लाख नाघेको जनाइएको छ । स्वास्थ्य मन्त्रालयले महामारीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या एक लाख पाँच हजारभन्दा बढी देखिएको छ ।

अधिकारीहरूले पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसबाट एक हजार २६२ जनाको मृत्यु भएको बताएका छन् । ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोले बार, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुनहरू खोल्ने तयारी गरिरहेको बताइएको छ । यस अवस्थामा ब्राजिलमा कोरोना भाइरसका सक्रमितको सङ्ख्या झन् बढ्न थालेको हो ।

रियो डि जेनेरियोमा भने केही बजार, पसल, बार र रेष्टुरेन्ट खुलिसकेको बताइएको छ । ब्राजिल विश्वमा कोरोना भाइरसबाट धेरै प्रभावित हुने मुलुकहरूमा पर्दछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?