logo
२०८० चैत्र १५ बिहीवार



कर्णालीमा थप १८ जनामा कोरोना सङ्क्रमण, सबै सुर्खेतका

फिचर |
पढ्नै पर्ने |


कर्णालीमा थप १८ जनामा कोरोना सङ्क्रमण, सबै सुर्खेतका


मुना हमाल

सुुर्खेत, साउन २९ गते । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार संङ्क्रमित सबै सुर्खेतका हुन् ।

महाशाखाले बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएका १८ जनामध्ये १७ जना वीरेन्द्रनगरका हुन् भने एक जना लेकबेँसी नगरपालिकाका हुन् । उनीहरू सबै वीरेन्द्रनगरस्थित घण्टाघर क्वारेन्टिनमा बसेका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात जना कोरोना सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना सङ्क्रमण निको हुनेकाे सङ्ख्या प्रदेशमा एक हजार ९०१ रहेको छ । अब प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १४५ रहेको छ । अहिलेसम्म प्रदेशमा छ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?