logo
२०८० चैत्र १५ बिहीवार



बेरुत घटनाको अनुसन्धानका लागि हामीलाई अनुरोध गरिएको छैनः राष्ट्रसङ्घ

अन्तर्राष्ट्रिय |


बेरुत घटनाको अनुसन्धानका लागि हामीलाई अनुरोध गरिएको छैनः राष्ट्रसङ्घ


वासिङटन
साउन २४ गते । संयुक्त राष्ट्रसङ्घले बेरुतमा भएको भीषण विस्फोट र त्यसपछि भएको सयभन्दा बढी मानिसको ज्यान गएको घटनाको अनुसन्धानका लागि संयुक्त राष्ट्रसङ्घलाई कुनै अनुरोध नआएको जनाएको छ ।
गत मङ्गलबार भएको सो भीषण विस्फोटबाट कम्तीमा पनि १५० जनाको ज्यान गएको छ । सो घटनामा परी अरु करिब पाँच हजार जना नराम्ररी घाइते भएका छन् ।
यस घटनालाई लेबनानको इतिहासमा नै एक खतरनाक घटनाका रुपमा लिइएको छ । सो विस्फोट राजधानी बेरुतमा रहेको एक गोदाममा राखिएका रासायनिक पदार्थहरूका कारण भएको बताइएको छ ।
यसको थप अनुसन्धान गर्नुपर्ने बताइएको छ । त्यसैले सो अनुसन्धानका लागि आफूहरूलाई अनुरोध नआएको संयुक्त राष्ट्रसङ्घका एकजना सहायक प्रवक्ताले बताउनुभएको छ ।
राष्ट्रसङ्घका सहायक प्रवक्ता फराहन हकले सो कुराको जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो, 'हामीलाई बेरुतमा भएको सो दुर्घटनाको बारेमा अनुसन्धान गर्न लेबनान सरकारबाट कुनै आग्रह आएको छैन ।' 
तर यस घटनाको अनुसन्धान गर्न संयुक्त राष्ट्रसङ्घ भने तयार रहेको बताएको छ । यस दुर्घटनाको अनुसन्धान गर्न र आवश्यकता अनुरुप सहयोग गर्न तत्पर रहेको पनि सहायक प्रवक्ता हकले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?