logo
२०८१ बैशाख ४ मंगलवार



नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र अधिकृतमा देखियो कोरोना

फिचर |
पढ्नै पर्ने |


नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र अधिकृतमा देखियो कोरोना


गोबिन्द शर्मा

बाँके, साउन १९ गते । नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र अधिकृत स्तरका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ ।

जिल्लाका विभिन्न सरकारी कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधlको शुक्रबार स्वाब सङ्कलन गरिएकोमा वडाध्यक्षसहित एक जना अधिकृतस्तरका कर्मचारीमा समेत कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणको नतिजा सोमबार बिहान सार्वजनिक भएको हो ।

नेपालगञ्जको आन्तरिक राजश्व कार्यालय जिल्ला अदालत, यातायात व्यवस्था कार्यालयपछि नेपालगञ्ज उपमहानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएको हो । नेपालगञ्जमा कोरोना नियन्त्रण र रोकथाममा अग्रमोर्चामा क्रियाशील जनप्रतिनिधिमा कोरोना देखिएको हो । आफूलाई कोरोना भएको पुष्टि भएपछि वडा अध्यक्षले नेपालगञ्जमा समुदायस्तरमा कोरोना देखिएको भन्दै विगतमा भन्दा थप सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?