logo
२०८० चैत्र १६ शुक्रवार



तीन लाख ७५ हजार नगदसहित २१ जना जुवाडे पक्राउ

खुला |


तीन लाख ७५ हजार नगदसहित २१ जना जुवाडे पक्राउ
सांकेतिक तस्बिर


गोरखापत्र अनलाइन

काठमाडौँ, साउन १८ गते । प्रहरीले उपत्यकाका विभिन्न ठाउँबाट जुवातास खेल्ने २१ जनालाई तीन लाख ५७ हजार ३८० रुपियाँसहित नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो चक्रपथ नारायणगोपाल चोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा भक्तपुर बस्ने सिन्धुपाल्चोकका यामबहादुर श्रेष्ठसहित १२ जनालाई नगद तीन लाख ८ हजार पाँच सय रुपियाँसहित नियन्त्रणमा लिएको छ ।

यसैगरी, महानगरीय प्रहरी वृत्त कालिमाटीले बाफलस्थित एक ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा कालीमाटीका दिनेश भट्टचनसहित तीन जनालाई नगद १३ हजार ५० रुपियाँसहित नियन्त्रणमा लिएको छ । 

महानगरीय प्रहरी प्रभाग, काँडाघारीबाट खटिएको प्रहरी टोलीले शनिबार नै काठमाडाैँ महानगरपालिका–३२ गार्डेन चोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा नवलपरासी कावासोतीका राम गुराँउसहित छ जनालाई नगद ३५ हजार ८३० रुपियाँसहित नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?