logo
२०८० चैत्र ६ मंगलवार



तीन बालबालिकासहित २३ जनामा कोरोना पुष्टि

फिचर |
पढ्नै पर्ने |


तीन बालबालिकासहित २३ जनामा कोरोना पुष्टि
सांकेतिक तस्बिर


अविनाश चौधरी

धनगढी, साउन १८ गते । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार तीन बालबालिकासहित थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अस्पतालले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २३८ स्वाब नमूना जाँच गर्दा २३ जनामा कोरोना पुष्टि भएको हो । जसमा २२ जना कैलालीका रहेका छन् । अस्पतालले कैलालीको बर्दगोरिया गाउँपालिकामा एक वर्षीया बालिका, सात वर्षीय बालक र टीकापुर नगरपालिकामा सात वर्षीया एक बालिका कोरोना सङ्क्रमित भएको जनाएको छ ।

बर्दगोरिया गाउँपालिकामा आठ, टीकापुर नगरपालिकामा सात, धनगढी उपमहानगरपालिका र मोहन्याल गाउँपालिकामा दुई/दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका र जोशीपुर गाउँपालिकामा एक/एक र बैतडीको पाटनमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । कैलालीमा कोरोना सङ्क्रमण वृद्धिदर बढेको छ । हिजोमात्रै यो जिल्लाका ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?