logo
२०८० चैत्र १५ बिहीवार



नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा वार्ता, खनाल र नेम्बाङ सहभागी

मुख्य समाचार |
पढ्नै पर्ने |


नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा वार्ता, खनाल र नेम्बाङ सहभागी


लक्की चौधरी

काठमाडौँ, साउन १८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पार्टीमा विद्यमान रहेको असहमतिबारे सहमतिको प्रयास गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार वार्तामा जुट्नुभएको छ । साउन १३ गते यता दुई अध्यक्षबीच वार्ता भएको थिएन । आजकाे वार्तामा नेता झलनाथ खनाल र सुवासचन्द्र नेम्बाङ पनि सहभागी हुनुहुन्छ ।

अध्यक्ष तथा प्राधनमन्त्री ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई र अर्का अध्यक्ष प्रचण्डका तर्फबाट सचिवालय सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राख्नुभएको हाे । प्रधानमन्त्रीको सचिवालयबाट दिइएको जानकारीअनुसार बिहान १० बजेदेखि दुई अध्यक्षबीचको वार्ता शुरु भएको हो । पार्टीमा कायम रहेको गतिरोध अन्त्य गर्ने उद्देश्यले वार्ता भइरहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिनुभयो ।

दुई अध्यक्षले आफ्नो पक्षका नेताहरूसँग निरन्तर छलफल र संवादमा रहनुभए पनि अध्यक्षद्वयबीच भने नियमित वार्ता र संवाद हुन सकेको छैन । लामो समयपछि आज भइरहेको वार्ताबाट केही न केही सहमतिको विकल्प निस्कनेमा नेकपाका नेताहरू आशावादी बन्नुभएको छ । पार्टी उपाध्यक्ष वामदेव गौतमले पेश गर्नुभएको छ बुँदे सहमतिको मध्यमार्गी प्रस्तावमा समेत दुई अध्यक्षबीच छलफल हुने बुझिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?