logo
२०८१ बैशाख ७ शुक्रवार



प्रतिभालाई प्रोत्साहन दिन ‘फायरस्क्रिन टीभी ट्यालेन्ट हन्ट २०२०’ हुने

मनोरञ्जन |


प्रतिभालाई प्रोत्साहन दिन ‘फायरस्क्रिन टीभी ट्यालेन्ट हन्ट २०२०’ हुने


यलु जाेशी

काठमाडौँ, साउन १८ गते । प्रतिभालाई प्रोत्साहन दिन ‘फायरस्क्रिन टीभी ट्यालेन्ट हन्ट २०२०’ हुने भएको छ । यो प्रतियोगितामा सहभागी जोकोहीले पनि घरमै बसेर एक लाख रुपियाँसम्मको नगद पुरस्कार जित्न सक्नेछन् । त्यसका लागि प्रतियोगीले हन्टको नियमलाई ध्यानमा राखेर आफ्नो प्रतिभा झल्कने भिडिओ बनाएर आगामी भदौ १५ गते मा पठाउनुपर्नेछ । भिडिओमा प्रतियोगीले नृत्य, गायन, मिमिक्री , स्ट्याण्ड अप कमेडी, जिम्न्याष्टिक र सङ्गीत तथा अन्य कुनै विधाको प्रतिभा रचनात्मक रुपमा प्रस्तुत गर्नुपर्नेछ ।

भिडिओ पाँच मिनेटभन्दा लामो वा तीन मिनेटभन्दा छोटो अवधिको हुन हुँदैन । संसारभर बसोबास गर्ने नेपालीहरूले सहभागिता जनाउन सक्ने प्रतियोगितामा उमेर र लिङ्गको हदबन्दी लागू गरिएकाे छैन । प्रतियोगिताको विजेता फेसबुक, युट्युबको लोकप्रियताका आधारमा छानिनेछन् । चार चरणमा विभाजन गरिएको प्रतियोगितामा पहिलो चरणमा पठाइएका भिडिओहरूमध्ये फायरस्क्रिन टीभीको निर्णय अनुसार उत्कृष्ट ५० भिडिओ छनोट हुनेछ । दोस्रो चरणमा छानिएका भिडिओहरूलाई फायरस्क्रिन टीभीको युट्युब र फेसबुक पेजमा राखिने र त्यसको लिङ्ग प्रतियोगीहरूलाई पठाइनेछ । फेसबुक र युट्युबमा आएका आधारमा उत्कृष्ट ३० छानिनेछन् र उनीहरूलाई पुनः अर्को भिडिओ पठाउन अनुरोध गरिनेछ ।

यही प्रक्रिया अनुसार उत्कृष्ट १०, उत्कृष्ट पाँच हुँदै विजयी तीन जनाको घोषणा गरिनेछ । प्रतियोगिताको नियम अनुसार एक फेसबुक लाइकलाई एक भोट, एक फेसबुक शेयरलाई दुई भोट र युट्युब लाइकलाई तीन भोट गणना गरिनेछ । प्रतियोगितामा प्रथमले एक लाख, द्वितीयले ५० हजार र तृतीयले २५ हजार रुपियाँ प्राप्त गर्नेछन् । साथमा सबै उत्कृष्ट ३० ले आकर्षक पुरस्कार पनि पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?