logo
२०८० चैत्र १६ शुक्रवार



पेरुमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या चार लाख नाघ्यो

अन्तर्राष्ट्रिय |


पेरुमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या चार लाख नाघ्यो


लिमा, साउन १५ गते।
पेरुमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या चार लाख नाघेको बुधबार जनाइएको छ ।पेरुमा गत छ हप्ता भन्दा बढी समयदेखि नै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

पेरुमा राष्ट्रव्यापी रूपमा कोरोना भाइरस सङ्क्रमणको कारण १९ हजार व्यक्तिको मृत्यु भइसकेको छ । ल्याटिन अमेरिकी देश ब्राजिल र मेक्सिकोपछि कोभिड १९ को सङ्क्रमितको सङ्ख्या पेरुमा बढी रहेको छ ।
गत २४ घण्टामा पेरुमा कोरोना भाइरस सङ्क्रमणको कारण २०४ व्यक्तिको मृत्यु भएको र पाँच हजार ६७८ व्यक्तिको थप सङ्क्रमित भएका छन् । यो सङ्ख्या गत जुन १२ पछिको सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।
पेरुले राजधानी लिमालगायत देशका कैयौ क्षेत्रहरूमा गत जुलाई १ देखि राष्ट्रव्यापी लकडाउन हटाइएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?