logo
२०८० चैत्र १६ शुक्रवार



विमान दुर्घटनामा तीन जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


विमान दुर्घटनामा तीन जनाको मृत्यु
तस्विर–इस्ट इडादो न्युज


वासिङ्टन, साउन ११ गते । संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा सानो विमान शनिबार दुर्घटना हुँदा विमानमा सवार तीन जनाको मृत्यु भएको छ । विमानमा तीन बालबच्चासहित कूल छ जना सवार रहेको प्रहरीले जनाएको छ ।
वेस्ट जोर्डान प्रहरी विभागका अनुसार एक–इन्जिनयुक्त उक्त विमान वेस्ट जोर्डानको पछिल्तिर आवासीय क्षेत्रमा खसेको थियो ।
विमान खसेको एक घरकी महिला पनि घाइते हुनुभएको र उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अमेरिकी सङ्घीय नागरिक उड्डयन प्रशासनले उक्त घटनाको छानबिन थालेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?