logo
२०८१ बैशाख ७ शुक्रवार



स्याङ्जाका एक वर्षीय बालकले जिते कोरोना

फिचर |
पढ्नै पर्ने |


स्याङ्जाका एक वर्षीय बालकले जिते कोरोना


अर्जुन काफ्ले

स्याङ्जा, असार ३० गते । कोरोना पोजिटिभ देखिएका स्याङ्जा अर्जुन चौपारी-५ का एक वर्षीय बालकले काेराेनामाथि विजय हात पारेका छन् ।  बाबु र आमासँगै भारतको दिल्लीबाट जेठ ३२ गते आफ्नो गाउँ आएका बालकलाई असार १३ गते कारोना पोजिटिभ देखिएको थियो । दिल्लीबाट आएर वडाको सामुदायिक विद्यालयमा क्वारेन्टाइन बसेका बालकको असार ५ गते स्वाब लिइएको थियो ।

स्वाबको पीसीआर परीक्षणमा परिवारको बालकसहित १९ जनामा कोरोना पोजिटिभ भेटिएको थियो ।  छिमेकीसँगै सङ्क्रमित भएर आइसोलेसन पुगेका एक वर्षीय बालकको आइसोलेसनमा लिइएको पीसीआर टेष्टमा नेगेटिभ आएको हो ।  दूधे बालकमा कोरोना भेटिएपछि २२ वर्षीया आमाको पनि छोरासँगै कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा जानुभएको थियो ।
आइसोलेसन बसेका बालकसँगै रही आमासमेत पीसीआर परीक्षणमा कोरोना भाइरस नेगेटिभ आएको हो ।

श्रीमान र आफूसँगै आएका छोरालाई कोरोना देखिएपछि आइसोलेन गएर आफू र सानो दूधे छोराकाे समेत नेगेटिभ नतिजा आएकोमा एक वर्षीय बालकको परिवार खुसी भएको छ । बालकसँगै कालिका अस्पतालको आइसोलेसनबाट २० जना र गल्याङ् अस्पतालको आइसोलेसनबाट १३ जना गरी ३३ जनाले कारोनामाथि विजय  पाएका हुन् ।

कालिकाबाट विजय प्राप्त गर्ने अर्जुन चौपारीका ११ जना, भिरकोटका चार, पुतलीबजार नगरपालिकाका तीन, बिरुवा र गल्याङ् एक/एक जना रहेका छन् भने गल्याङ् अस्पतालबाट निको हुनेमा छ जना चापाकोट, चार जना कालिगण्डकी, दुई जना गल्याङ् र एक जना आँधीखोलाका रहेका छन् ।

यहाँ १९३ कोरोनाा सङ्क्रमित भएकोमा ६१ जना निको भएर घर फर्केका छन् भने दुई जनाको निधन भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?