logo
२०८० चैत्र १६ शुक्रवार



दाउन्नेमा पहिरोले पूर्व पश्चिम राजमार्ग अवरुद्ध

खुला |


दाउन्नेमा पहिरोले पूर्व पश्चिम राजमार्ग अवरुद्ध


हाेमराज रानाभाट
दाउन्ने ( नवलपरासी ) असार ३० गते ,। पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा पहिरो जाँदा छ घण्टा देखि पूर्ब पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अबरुद्ध भएको छ ।
दाउन्ने स्थित विश्वकर्मा बाबा मन्दिर छेउ मा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग आज विहान देखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । सो ठाउँमा बिहान पहिरो खसे पछि यातायात पूर्ण रुपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
पहिरो सँगै खसेको रुखले बा १४ च ७०२० नम्बरको कार र ना ६ ख १५५९ नम्बरको ट्रक च्यापिएको छ । तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको भए पनि हाल सम्म संचालनमा आउन नसकेको प्रहरी ले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?