logo
२०८१ बैशाख १२ बुधवार



एक लाख ४० हजार भारतीय नक्कली नोटसहित तीन पक्राउ

खुला |
फिचर |


एक लाख ४० हजार भारतीय नक्कली नोटसहित तीन पक्राउ
सांकेतिक तस्विर


लीलाराज झापाली
बिर्तामोड, असार २८ गते । झापाको कनकाई नगरपालिका-३, सुरुङ्गाबाट नक्कली एक लाख ४० हजार रुपियाँसहित तीन जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।
भारतीय पाँच सय दरका नक्कली एक लाख ४० हजार रुपियाँसहित कनकाई नगरपालिका-४ का ३० वर्षीय खुसिल मियाँ, झापा गाउँपालिका-५, पन्थपाडाका २४ वर्षीय एराजुल मियाँ र कनकाई नगरपालिकाका सो रकम लिने एक सुनचाँदी व्यवसायी मौसम श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

कनकाई नगरपालिकाका-४ का खुसिल मियाँले उक्त रकम सुनचाँदी व्यवसायी श्रेष्ठलाई बैङ्कले भारु पैसा लिन मानेन भन्दै उक्त रकमको नेपाली रुपियाँ साटेका थिए । श्रेष्ठले अर्का व्यावसायीलाई उक्त नक्कली रकम दिएको प्रहरीले बताएको छ । ती व्याक्तिले भारु पैसा लिएर बिमा रकमको भुक्तानी दिन जाँदा उक्त रकम नक्कली भएको खुलेको थियो । खुसिल मियाँले उक्त रकम झापा गाउँपालिकाका बस्ने एराजुल मियाँबाट लिएको भनेपछि प्रहरीले उनलाई समेत शनिबार साँझ आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो । हाल प्रहरीले नियन्त्रणमा लिएका सबैलाई हाल म्याद थप्ने तयारी गरिरहेको र प्रहरीले नक्कली नोटको कारोबारीका लागि थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी मुकुन्द रिजालले बताउनुभयो ।

झापामा लामो समयपछि भारतीय नक्कली नोटको कारोबारी फेला परेसँगै यसको ठूलो सञ्जाल हुनसक्ने प्रहरीले अनुमान गरेको छ । नेपाल भारत सीमामा मानिसलाई आवतजावत सरकारी रुपमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको भएपनि नेपाल-भारत सीमामा बेला बखत भारतीय तस्करको समूहसँग नेपाली प्रहरीलेको झडप हुँदैआएको छ । पछिल्लो समय एकै स्थानबाट ठूलो परिणामको भारतीय नक्कली नोट फेला पार्नु र यी नोट नेपाल भारत सीमा क्षेत्रमै घर भएका नागरिकबाट फेला परेपछि ठूलाे भारतीय गिरोह नक्कली नोटको कारोबारमा संग्लन भएको आङ्शका छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?