logo
२०८० चैत्र ६ मंगलवार



मोरङमा बाढी र डुबान : १८ परिवार विस्थापित, धान खेतमा क्षति

प्रदेश |


मोरङमा बाढी र डुबान : १८ परिवार विस्थापित, धान खेतमा क्षति


नवराज कट्टेल
विराटनगर, असार २८ गते । तीनदेखिको अविरल वर्षाका कारण मोरङका विभिन्न स्थानका खोलामा आएको बाढी, डुबान तथा पहिरोले १८ घर विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कानेपोखरी, उर्लाबारी, मिक्लाजुङ र विराटनगर महानगरपालिकामा बाढी तथा पहिरोले क्षति पु-याएको हो ।

मोरङको कानेपोखरी–५, दुखीटोलमा चिसाङ खोलाको बाढीको कटानले सात घर जोखिममा परेका छन् । खोलाले कटान सुरु गरेपछि सात घर परिवारका ३२ जनालाई स्थानीय भन्सावारी प्राविमा सार्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिइएको हो ।

प्रहरी चौकी रमाइलोको टोली घटनास्थलमा परिचालन गरी उनीहरूलाई तत्काल स्थानान्तरण गर्ने भएको छ । खोलाले हालसम्म दुई बिघा क्षेत्रफलको जमिन कटान गरिसकेको छ ।

क्षति पुर्याएको स्थानमा अस्थायी प्रहरी चौकी मङ्गलबारेको टोली परिचालन गरी तथ्याङ्क सङ्कलन तथा अवस्था अध्ययन भइरहेको जनाइएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–२ कुवापनीमा रनकुमार राईको काठ र टिनको छाना भएको दई तले दुईवटा घर पहिरोले पुरिएको छ । पहिरोले घर पुरिँदा छ लाख रुपियाँ क्षति पुगेको हो । पहिरोले घर पुरिँदा घरमा बस्नसक्ने अवस्था नभएपछि परिवारको स्थानान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ ।

विराटनगर महानगरपालिका–६ मा केशलिया खोलाको बाढीका कारण दश घर डुबानमा परेका छन् । खोलामा बाढीको सतह बढेपछि पानी बस्तीमा पस्दा सिम्राही टोलका स्थानीयलाई बखरी प्रा.वि.मा सार्ने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?