logo
२०८० चैत्र ६ मंगलवार



त्रियुगाको बाढीले बगाएर एकको मृत्यु

खुला |


त्रियुगाको बाढीले बगाएर एकको मृत्यु
सांकेतिक तस्विर


गाईघाट समाचारदाता
गाईघाट, असार २८ गते । केही दिनदेखि परेको अविरल वर्षासँगै स्थानीय त्रियुगा खोलामा आएको बाढीले बगाएर शनिबार साँझ उदयपुरमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार त्रियुगा नगरपालिका वडा नं ९ निवासी ६० वर्षीया कानन चौधरीको त्रियुगाको बाढीले बगाएर शनिबार साँझ मृत्यु भएको हो ।

त्रिनपा वडा नं ५ देउरीस्थित भान्जाको घरबाट आफ्नो घर फर्किने क्रममा शनिबार साँझ करिब ६ बजेको समयमा त्रियुगा खोला तर्न लाग्दा उहाँलाई बगाएको र करिब दुई सय मिटर तल उहाँको शव फेला परेको प्रनाउ पुरीले बताउनुभयो । मृतक चौधरीको शव पोष्टमार्टमका लागि शनिवाबा राति नै जिल्ला अस्पतालमा लगिएको र पोष्टमार्टम सकिएपछि आफन्तलाई जिम्मा दिइने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?