logo
२०८० चैत्र ६ मंगलवार

  फाेटाे फिचर 



सेतीको बाढीले शुक्लागण्डकीका १६० जनाभन्दा बढी विस्थापित

पढ्नै पर्ने |


सेतीको बाढीले शुक्लागण्डकीका १६० जनाभन्दा बढी विस्थापित


प्रकाचन्द्र भट्टराई
दमौली, असार २६ गते ।  सेती नदीमा आएको बाढीले तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुई वडाका ४३ घर धुरीका १६० जनाभन्दा बढी नागरिक विस्थापित भएका छन् । वडा नम्बर ४ र ८ का नदी किनारको बस्तीका ती घरहरूमा नदीको बाढी पसेको वडा नं. ८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले बताउनुभयो । वडा नं. ४ का १४ र वडा नं. ८ का २९ घर बाढीको उच्च जोखिममा परेको हो ।

राति नै नदीमा बाढी आएपछि ती घरका बासिन्दाहरू सबै मध्यरातमै घर छोडेर सुरक्षित स्थानमा गएको वडा अध्यक्ष रेग्मीले बताउनुभयो । बस्तीमा हरेक वर्ष नदीको बाढी पस्दा नागरिकहरू विस्थापित हुन बाध्य हुँदैआएका छन् । बाढीले मानवीय क्षति नगरे पनि पशुचौपाया र अन्नबाली बगाएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बाढीको कारण विस्थापित भएका नागरिकलाई सुरक्षित स्थानमा सारिएको बताउनुभयो । बाढीले अहिलेसम्म जिल्लामा कुनै मानवीय क्षति नभएपनि उच्च सतर्कता भने आवश्यक रहेको बताउनुभयो । नदी किनाराका बस्तीका बासिन्दालाई सुरक्षित भएर बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?