logo
२०८० चैत्र ६ मंगलवार



त्रिवेणीमा थप नयाँ दुुई जनामा कोरोना सङ्क्रमण भएको पुष्टि

प्रदेश |


त्रिवेणीमा थप नयाँ दुुई जनामा कोरोना सङ्क्रमण भएको पुष्टि


शेरबहादुर सार्की
बाजुरा, असार २६ गते । बाजुराको त्रिवेणी नगरपालिकामा थप नयाँ दुुइ जनामा कोराना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । असार २५ गते सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा बाजुराको त्रिवेणी नगरपालिकाका थप नयाँ दुुइ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।  पुष्टि हुनेमा त्रिवेणी नगरपालिकाका वडा नं –१ छतारा स्थित भुगातोलाका ७ वर्षीया बालिका र ७ वर्षीय बालक रहेका छन् ।
उहाँहरु दुबै जेठ ३० गते भारतबाट आएर नगरपालिकाको विभिन्न क्वारेन्टाइन बस्दै गरेका थिए ।  उहाँहरुको असार २० गते स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी पठाइएको थियो ।
यस अधि शिक्षण अस्पताल काठमाण्डौ, एनपिएचएल टेकु, सेती प्रादेशीक अस्पताल धनगढी लगायत देशका विभिन्न ठाउँमा रहेका कोविड –१९ परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा त्रिवेणी नगरपालिकाका २४ महिला र ७९ पुरुष गरि १०३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

यो सँगै त्रिवेणीमा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १०५ पुगेको त्रिवेणी नगरपालिकाका स्वास्थ्य संयोजक चिरञ्जीवी शाहले बताउनुभयो । उहाँले भन्नुभयो, भारतबाट आएर क्वारेन्टाइन बस्दै गरेका त्रिवेणी नगरपालिकाका ४७७ जनाको स्वाब सङ्कलन गरी पीसिआर परीक्षण गर्न धनगढी पठाएको थियो ।  स्वाब सङ्कलन गरी धनगढी पठाएका मध्ये पीसिआर रिपोटमा ३२६ जनामा नेगेटिभ र १०५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको र अँझै ४६ जनाको पीसिआर रिपोट आउन बाँकी रहेको स्वास्थ्य संयोजक शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, पीसिआर परीक्षणमा कोरोना पुष्टि भएका १०५ जनामा ३३ जना क्वारेन्टाइनमा बसेको र ७२ जना आइसोलेसनमा बस्दै आएका छन् । यो नगरपालिका सँगै बाजुराका अन्य पालिकामा पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा दिनप्रति दिन वृद्धि हुँदै गएको छ । पालिकाले भारतबाट आएकाहरुको धमाधम स्वाब सङ्कलन गर्दै पीसिआर परीक्षण गर्न कोरोना परीक्षण प्रयोगशालामा पठाउँदा उताबाट रिपोट आउन थालेपछि बाजुराका ८ वटै पालिकाकै कोरोना सङ्क्रमितको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको हो ।

यो सँगै बडिमालिका नगरपालिकामा ५८ जना , बुढीगङ्गा नगरपालिकाका २८३ जना , खप्तडछेडेदह गाउँपालिकामा ५३ जना , गौमुलका २३ जना, जगनाथका २ जना, स्वामिकार्तिका २ जना गरि बाजुरामा ५६९ जना सङ्क्रमित भएका छन् ।

यस मध्येकै जगनाथ गाउँपालिकाको एक जना कालिकोट अस्पतालमा भर्ना भइ निको भइसेको छ भने त्रिवेणीका एक जनाको सेती प्रादेशीक अस्पताल धनगढीमा नै स्वाब सङ्कलन गर्दा कोरोना पुष्टि भएको र उहाँ पनि उतैबाट कोरोना चितेर घर फर्किएको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वाथ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?