logo
२०८० चैत्र १५ बिहीवार



दुई अध्यक्षबीचको वार्ता सकारात्मक, भोलि बिहान पुनः वार्ता हुने

पढ्नै पर्ने |


दुई अध्यक्षबीचको वार्ता सकारात्मक, भोलि बिहान पुनः  वार्ता हुने


गोरखापत्र अनलाइन

काठमाडौँ, असार २३ गते । पार्टीभित्र देखिएको विवाद सल्टाउने गरी भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वान-टु-वान वार्ता सम्पन्न भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब तीन घण्टा लामो चलेको वार्ता सकारात्मक भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो । दुई अध्यक्षबीच भोलि बुधबार बिहान पुनः वार्ता हुने उहाँले जानकारी दिनुभयो । भोलि विहान ११ बजे नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दैछ ।

त्यसअघि दुई अध्यक्षबीच छलफल हुनेछ । पार्टीभित्र चुलिएको विवादलाई निकास दिनेगरी सक्रिय रहनुभएका अध्यक्षद्वयले भोलिसम्म सहमतिमा पुग्ने अध्यक्षका सचिवालयका सदस्यहरूको विश्वास छ ।

यसैबीच अध्यक्षद्वयलाई सहयोग गर्न जिम्मेवारी पाएका चारजना नेताहरूको बैठक पनि आन्तरिकरुपमा बसिरहेको सचिवालयका सदस्यहरूले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?