logo
२०८० चैत्र १६ शुक्रवार



तीन पूर्व प्रधानमन्त्रीहरू शीतल निवासमा, दुई अध्यक्षबीच छलफल हुने

पढ्नै पर्ने |


तीन पूर्व प्रधानमन्त्रीहरू शीतल निवासमा, दुई अध्यक्षबीच छलफल हुने


गोरखापत्र अनलाइन

काठमाडौँ, असार २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन जना नेता शीतल निवास पुग्नुभएको छ । अहिले उहाँहरूबीच छलफल भइरहेको बताइएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार तीनैजना पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल बिहान ११ बजे भेटघाटका लागि शीतल निवास पुग्नुभएको हो ।

राष्ट्रपतिलाई महाअभियोग लगाउने समाचार बाहिर आएपछि त्यस विषयमा राष्ट्रपतिले पनि चासो लिनुभएपछि छलफल गर्न नेताहरू शीतल निवास पुग्नुभएको सापकोटाले बताउनुभयो । राष्ट्रपतिलाई महाअभियोग लगाउने विषयमा आफूहरूले छलफल नगरेको ती नेताहरूको दाबी रहँदैआएको छ ।  आइतबार पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सो विषय हल्लामात्र भएको सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

दुई अध्यक्षबीच छलफल हुने

त्यस्तै, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीसँग अर्का अध्यक्ष प्रचण्डको केहीबेरमा छलफल हुने भएको छ । शीतल निवासबाट फर्केर सीधै प्रचण्ड बालुवाटार जानुहुने उहाँका प्रेस सल्लाहकार सापकोटाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप