logo
२०८० चैत्र १५ बिहीवार



बाजुराका १० जना कोरोना जितेर घर फर्किए

फिचर |


बाजुराका १० जना कोरोना जितेर घर फर्किए



बाजुरा, असार १९ गते । बाजुरा जिल्ला अस्पतालमा रहेको कोविड –१९ उपचार केन्द्र र बडिमालिका माविको आइसोलेसनबाट १० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । जिल्ला अस्पतालमा उपचारत बुढीगङ्गाकाका एक जना र बडिमालिकाको आइसोलेसनबाट नाै जनाले कोरोना भाइरस परास्त गरी बुधबार डिस्चार्ज भएका हुन् ।
डिस्चार हुनेमा बुढीगङ्गा नगरपालिकाकी २३ वर्षीया महिलासहित बडीमालिका नगरपालिकाका ४० वर्षका पुरुष रहेका छन् । त्यसै गरी बाजुराको जगनाथ गाउँपालिकाका एक जना र त्रिवेणी नगरपालिकाका एक जना पनि कोरोना जितेर घर फर्किएका छन् ।

जगनाथ गाउँपालिकाका एक जना कालीकोटबाट र त्रिवेणी नगरपालिकका एक जना सेती अस्पतालबाट कोरोना जितेर घर फर्किएका हुन् । योसँगै बाजुरामा कोरोना जितेर घर फर्किनेको सङ्ख्या १२ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो ।

बाजुराका ४३९ जना कोरोना सङ्क्रमितमध्ये दुई वर्षीय बालिकाको जेठ १९ गते कोरोनाबाट मृत्यु भएको थियो । बडिमालिका नगरपालिकाका एक जना पुरुषले क्वारेन्टाइनमा आत्महत्या गरेपछि उहाँको पनि कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले बताउनुभयो ।

उहाँका अनुसार ४३७ जनामध्ये १० जना कोरोना जितेर घर फर्किएपछि अहिले बाजुरामा कोरोना सङ्क्रमितको सङ्ख्या ४२८ रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?